आकाश र पूजाको रोमान्स



नायक नायिका आकाश श्रेष्ठ र पूजा शर्माले अनस्क्रिन रोमान्स गरेको फिल्म सम्हालिन्छ कहिले मनको नयाँ गीत सार्वजनिक भएको छ।

फिल्मको जरुरी कुरा छ बोलको गीत र टझेलरलाई दर्शकबाट रुचाइएपछि सम्हालिन्छ कहिले मनको निर्माण पक्षले हराए हराएँ बोलको अर्को रोमान्टिक गीत सार्वजनिक गरेको हो। यूके र मुस्ताङमा छायांकन गरिएको गीतमा आकाश र पूजाले अनस्क्रिन रोमान्स गरेका छन्।

ताराप्रकाश लिम्बू र अनु चौधरीद्वारा स्वरबद्व गीतमा रमणीय दृश्य पनि हेर्न पाइन्छ। फिल्मका छायाँकार सौरभ लामाले स्कटल्यान्डका केही चुचुरालाई सुन्दर ढंगले कैद गरेका छन्। गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफीले दर्शनीय बनाएको छ।

जरुरी कुरा छ हिट भएपछि अर्को रोमान्टिक गीत हराएँ हराएँ रिलिज गरेका छौँ गीत संगीत उत्कृष्ट छन्। कथाको मागअनुसार कुनै पनि कुरामा सम्झौता गरेका छैनौं, त्यसैले यस गीतलाई पनि दर्शकले रुचाउनेमा विश्वस्त छौँ। समग्र फिल्मको कुरा गर्दा क्वालिटीका कारण यसलाई बलिउडका ए ग्रेड लभस्टोरीको फिल्मभन्दा उत्कृष्ट बनेको छ। फिल्म्मा दर्शकले नयाँ फ्लेवर पाउनुहुनेछु फिल्मका निर्देशक सुदर्शन थापाको दाबी छ।

महेश दवाडीको लेखन रहेको फिल्ममा आकाश र पूजाका अलावा डेब्यु अभिनेता सोनम तोप्देन, सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारले अभिनय गरेका छन्।एबी इन्टरनेसनलसँग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको फिल्ममा अर्जुन पोखरेल, ताराप्रकाश लिम्बू, जेम्स प्रधानको संगीत तथा अर्जुन जिसीको सम्पादन रहेको छ।

आगामी भदौ १७ गते अल नेपाल रिलिज हुने फिल्म अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेका हुन्। लोकप्रिय गायक सुगम पोखरेलको सुपरहिट गीत सम्हालिन्छ कहिले मनबाट फिल्मको नामाकरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्