राधा बनेर आउँदै सृष्टि



बेलायतवासी अबिनेता तथा निर्माता बिक्रमडी जासी (बिक्की ) को निर्माणमा बनेको द सिक्रेट्स अफ राधा नामक फिल्म आगामी भदौ १० गते रिलिज हुने भएको छ ।

सुवर्ण थापाद्धारा निर्देशीत राधाको निमार्णमा बिक्कीका साथमा अभिनेता सौगात मल्ल, निर्देशक सुवर्ण र बिरञ्जना इन्टरटन्मेन्टबाट सिर्जना जाशी महर्जनले टिम अप गरेका छन् ।

नारी शक्तिको विषयमा बनेको फिल्मबाट बिक्की निकै आशावादी छन् । सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको फिल्ममा दयाहाङ राई,सोगात मल्ल, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, मेनुमा प्रधान, लोकेन्द्र लेखक, पशुपति राईलगायथमा कलाकारले अभिनय गरेका छन् ।

निर्देशक सुवर्णकै लेखन रहेको फिल्म चित्लाङ रकाठमाडौंमा खिचिएको छ । निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा छायांकन नरेन्द्र मैनालीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्