निकेनलाई स्वर्ण



काठमाडौं, (नेस) ।

कान्तिपुर पिङपोङ क्लबका निकेनमान प्रधानले १६ औं हरेराम जोशी स्मृति टेबलटटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका छन् ।

पाटनस्थित गोड स्पिन टेबलटेनिस एकेडेमीमा भएको फाइनलमा निकेनले कीर्तिपुरका जयराम महर्जनलाई ११–८, ९–११, ११–७, ६–११ र ११–९ ले पराजित गरे । ललितपुरका राजु शाक्य र एनिज पिङपोङका रक्त मानन्धर तेश्रो भए ।

भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्स फाइनलमा खोल्चापुखु क्लबका नदिम शाक्यले च्यासलका किरण व्यञ्जनकारलाई ११–७, ११–९, ९–११ र ११–८ को सेटमा हराउदै पहिलो भए । गोड स्पिनका रोशन शाक्य र १९८० क्लबका किरणमुनि व्यञ्जनकार तेश्रो भए ।

भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा काठमाडौंकी इन्दिरा पराजुली प्रथम, सम्झना पोखरेल द्वितीय र यसोदा घिमिरे र विपना घिमिरे तृतीय भए । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्समा कान्तिपुर पिङपोङ क्लबका जगदीश्वर जोशी पहिलो, दाङका अग्र विष्ट दोश्रो र विष्णु पराजुली तेश्रो भए ।

प्रतिक्रिया दिनुहोस्