आर्मीको विजयी सुरुआत



 काठमाडौं  ।

विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आइतबार विजयी सुरुआत गरेको छ ।

नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयललाई ९१–६३ ले पराजित ग¥यो । आर्मीका आयुश सिंहले ३५ अंक जोडे ।

नखिपोटस्थित आयोजककै कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमै शंकरदेव क्याम्पसले आयोजक नखिपोट ‘बी’ लाई ६२–५५ ले हरायो । विजयी टिमका लागि मनीषले ३१ स्कोर गरे ।

प्रतियोगिताको पुरुषमा १२ टिम सहभागी छन् । सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । महिलामा ४ टिमले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष २ टिम पुनः उपाधिका लागि भिड्ने छन् ।

पुरुषमा पहिलो हुनेले ५० हजार र दोश्रोले २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । महिलामा शीर्ष दुई स्थान हात पार्नेले क्रमशः ३० हजार र १५ हजार नगद पुरस्कार पाउनेछन् । दुवै समूहका ‘मोस्ट भेलुएबल प्लेयर’ लाई नगद ५ हजारसहित गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । फाइनल भदौ ७ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस्