ट्राफिक प्रहरीको विशेष चेकिङ : १ सय १८ विद्यार्थी कारबाहीमा



काठमाडौँ।

काठमाडौंमा १ सय १८ जना विद्यार्थी कारवाहीमा परेका छन्। सोमबार कलेजका विद्यार्थी लक्षित चेकजाँच अभियानमा उनीहरु कारवाहीमा परेका हुन् ।

चेकजाँचमा सवारी चालक अनुमती पत्र नभएका ६१ जना , सवारी दर्ता किताब नभएका ३९ जना र तीन जना सवार ७ जना विद्यार्थीहरू कारवाहीमा परेका छन् ।

त्यस्तै हेल्मेट नलगाई सवारी साधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना गरी १ सय १८ जना विद्यार्थीहरू कारवाहीमा परेका हुन् ।

कारवाहीमा पर्ने विद्यार्थीहरूमा सबै दुई पांग्रे सवारी साधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्