निहारिका काण्ड : प्रेमी शिवराजले भने ‘डीएनए परीक्षण गर्न तयार छु’



काठमाडौं ।

जलेश्वरकी निहारिका राजपुतले बलात्कारको आरोप लगाएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरका शिवराज श्रेष्ठ आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका छन् ।

शिवराजले निहारिकाको माग अनुसार नै आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका हुन् । उनले निहारिकासँग भएको बच्चा आफ्नो नभएको दाबी पनि गरेका छन् । उनले भने, ‘निहारीकाले जुन माग उठाइरहेका छन् मेरो डिएनए  परिक्षण गर्नुपर्ने माग उठाइरहेका छन्, म रेडी छु । उसलाई डिएनए टेस्ट गराउनु छ भने प्रक्रिया अगाडि बढाउनुपर्ने नि । काठमाडौंमा अनसन बसेर मात्रै त हुँदैन । सुरुदेखि नै डिएनए टेस्ट गराउन रेडी छु भन्दै आएको छु ।’

गत असार दुई गते सरकार र निहारिकाबीच प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षण गर्ने, उनको र छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह र महिला बालबालिका मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्