हलिउड अभिनेत्री एनीको दुर्घटनाबाट निधन



चर्चित हलिउड अभिनेत्री एनी हेचेको कार दुर्घटनाबाट निधन भएको छ। गत साता लस एन्जलसस्थित आफ्नो घरनजिकै भएको एक कार दुर्घटना गम्भिर घाइते भएकी हेचेको मष्तिष्क मृत अवस्थामा पुगेको र घटनालगत्तै अस्पताल पु-याइए पनि उपचारको क्रममा कोमामा पुगेकी उनको शुक्रबार ५३ वर्षको उमेरमा निधन भएको एजेन्सीले जनाएको छ।

उनको निधनमा परिवार तथा साथीहरूले एक मायालु, दयालु आमा र एक बफादार साथीलाई गुमायौ भन्दै विज्ञप्ति जारी गरेका छन्। सन् १९९७ मा रिलिज भएको फिल्म डोनी ब्रास्कोबाट चर्चामा आएकी उनले आई नो ह्वाट यु डिड लास्ट समर, क्वाटिकोजस्ता फिल्मलगायत टेलिभिजन शोमा अभिनय गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्