पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना पुष्टि, दुईको मृत्यु



काठमाडौं ।

काठमाडौं । देशभर थप ४५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३०८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ५ जना र २ हजार ५२१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ५० जनामा गरी जम्मा ४५५ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ९४४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय २ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७५ हजार ६०९ पुगेको छ ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८८ रहेका छन् ।

हाल नेपालमा ५ हजार ४३५ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्