निजी अस्पताल एशोसियसन अफिनको अध्यक्षमा डा. खड्का निर्वाचित



काठमाडौँ।

निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन् अफ नेपाल (अफिन)को अध्यक्षमा डा. पदम खड्का निर्वाचित हुनुभएको छ। शनिबार भएको २२ औं साधारण सभाबाट डा. पदम खड्का अध्यक्षमा निर्वाचित हुनुभएको हो।

अध्यक्ष खड्का कास्की सेवा हस्पिटल पोखरामा कार्यरत हुनुहुन्छ । खड्काले ७२ मत ल्याउँनुभएको थियो भने अध्यक्षका प्रत्यासी अल्का अस्पतालका अध्यक्ष तथा निवर्तमा बरिष्ठ उपाध्यक्ष कुमार थापाले २१ मत ल्याउँनुभएको थियो ।
यस्तै, वरिष्ठ उपाध्यक्षमा राप्ती लाइफ केयर अस्पतालका हरिप्रसाद रिजाल चयन हुनुभएकोछ । प्रदेश उपाध्यक्षमा बागमतीमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरका प्रा श्यामकृष्ण जोशी, कर्णालीमा गुरुङ्ग हस्पिटल प्रालिका भीमबहादुर गुरुङ्ग, सुदूरपश्चिममा पद्मा अस्पताल प्रालिका गजेन्द्रवीर चन्द, लुम्बिनीमा कौशिला मेमोरियल अस्पतालका चन्द्रबहादुर महतो र गण्डकीमा तनहुँ सेवा हस्पिटलका हरिबहादुर खड्का विजयी भएका छन् ।

महासचिवमा सुमेरू अस्पतालका हेमराज दाहाल र कोषाध्यक्षमा स्वरूपा श्रेष्ठ निर्विरोध चयन हुनुभएकोछ उहाँ यस अघि पनि सोही पदमा हुनुहुन्थ्यो ।
सचिवमा विजयपुर हस्पिटल प्रालिका पंकज खतिवडा निर्वाचित हुनुभएकोछ ।

सदस्यहरूमा सिद्धार्थनगर सिटी हस्पीटलका अर्जुन पौडेल, कैलाली हस्पिटलका जनकराज जोशी, ब्लुक्रस हस्पिटलकी सतिदेवी गौतम सिंह, इशान बाल तथा महिला अस्पतालका डा रामानन्दन प्रसाद चौधरी, ग्रिनसिटी हस्पिटलका रेनुका गुरुङ्ग, तुलसी बाल अस्पतालका डा किशोर खत्री, माया मेट्रो हस्पीटलका धिरेन्द्र, पर्वत कुश्मा हस्पीटलका सुशिल पौडेल निर्वाचित भएका छन् ।

अफिनको नेतृत्व यसअघि लगातार दुई कार्यकाल नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले गर्नुभएको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई आईतबार पदभार हस्तान्तरण गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्