गोरखामा एक पुरुषको हत्या, तीन जना पक्राउ



गोरखा ।

गोरखा पालुङटार नगरपालिका-५ धरम पानीमा बस्ने ३५ वर्षीय बुद्धि विकको हत्या भएको छ।

ठाँटी पोखरीमा भएको रोपाईं जात्रा हेरेर फर्कने क्रममा शनिबार राति १० बजेतिर उनलाई कुटपिट गरी हत्या गरेकाे प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा स्थानीय तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्