एकैदिन २६३ जनामा कोरोना पुष्टि, दुईको मृत्यु



काठमाडौं ।

देशभर थप २६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३९९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय ६२ जना र १ हजार ७६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १ जनामा गरी जम्मा २६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३९ हजार ४८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५ सय १ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७५ हजार ३०७ पुगेको छ ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९८६ पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ४३४ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्