विद्यार्थी बेहोस हुन थालेपछि पठनपाठन प्रभावित



बैतडी । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस हुने समस्या आएपछि पठनपाठन कार्य प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत् छात्राहरूमा विद्यालयमै बेहोस समस्या आएपछि पठनपाठन कार्य प्रभावित भएको हो ।

विद्यालय आइसकेपछि छात्राहरू रुने, कराउने, काप्ने, बेहोस हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेश दत्तबागले बताउनुभयो ।

गएको हप्तादेखि छात्राहरूमा यो समस्या देखिएको जानकारी दिँदै उहाँले भन्नुभयो– ‘दैनिक ४/५ छात्राहरूमा यो समस्या देखिने गरेको छ । कक्षा ५ देखि १० कक्षासम्मका १२ देखि १४ उमेर समूहमा छात्रामा बढीजसो यो लक्षण देखिएको छ ।’

प्रधानअध्यापक बागकाअनुसार बिहानविद्यालय आएर एक र दुई घण्टी पढेपछि उनीहरूमा यो समस्या शुरू हुन्छ । एक छात्रालाई यो समस्या देखिएलगत्तै अरु छात्राहरुमा पनि यो समस्या देखिन्छ ।

उहाँले भन्नुभयो– ‘हामीले स्वास्थ्यकर्मीलाई पनि समस्याको बारेमा जानकारी गरायौं । स्वास्थ्यकर्मीकै सल्लाह अनुसार दुई घण्टी मात्रै पठनपाठन गरेर बाँकी समय मनोरञ्जनमा जोड दिएका छौं ।’

छात्राहरूमा देखिएको यो समस्या ‘मास हिस्टेरिया’ भएको जानकारी दिंदै स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले भन्नुभयो– ‘यो सामान्यखालको बिरामीका लक्षण हुन् । उनीहरूमाभावनाउत्पन्नभएर एकबाट अर्कोमा सर्ने गर्दछ । मनोपरामर्शलाई जोड दिनुपर्छ । सान्तनादिने, मनोबल बढाउने खालका कुरा गर्ने र सांस्कृतिक कार्यक्रमलगायतका मनोरञ्जन दिने खालका कार्यक्रममा जोड दिनुपर्छ ।’

उक्त विद्यालयमा १ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्