६३ किलो मासुसहित ७ सिकारी पक्राउ



कठमाडौं । कोशिटप्पु वन्यजन्तु आरक्षबाट जंगली जनावरको ६३ किलो मासुसहित ७ जना शिकारीलाई नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले पक्राउ गरेको छ ।

श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्तिलाई चित्तलको मासुसहित पक्राउ गरेको उक्त टोलीले जनाएको छ । पक्राउ परेका ती सिकारीलाई सोधपुछ गर्दा चोरी सिकारीमा संलग्न अन्य थप ७ जनालाई पनि पक्राउ गरिएको हो ।

पक्राउ परेका सिकारीबाट ६३ किलो जंगली जनावरको मासु, २ नाल भरुवा बन्दुक, १ प्याकेट बारुद, १ वटा खुँडा र ४ वटा खुकुरी बरामद गरिएको नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले जनाएको छ ।

उनीहरुको साथबाट बरामद गरिएका सामाग्री कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा बुझाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उक्त आरक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्