लागुऔषधविरुद्ध नाटक प्रदर्शन



काभ्रे।

धुलिखेलको सञ्जिवनी नमुना माध्यमिक विद्यालयको कक्षा १० का विद्यार्थीले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले लागुऔषध नियन्त्रण युवा लक्षित सचेतना कार्यक्रमअन्र्तगत उक्त विषयको सचेतनामूलक नाटक प्रदर्शन गरेका छन्।

नाटकको कथाअनुसार विशाल लुइँटेल, साजन राना मगर, शैलेश तामाध्र, सिवन पुडासैनी, दीपा तिमल्सिना, सञ्जिता यस्माली, दिलशोभा क्षेत्री, सुशील गौतम, सुजल तामाध्र र कक्षा ९ मा अध्ययन गर्ने दीपु मध्येका केही साथी विद्यालय जाने समयमा साथीहरूको संगतका कारण लागुऔषधमा फस्छन्। शुरुमा निःशुल्क खान सिकाउने लागुऔषध बानी पर्दै गएपछि घरबाट पैसा मागेर खान थाल्छन्।

पछि बटुवालार्य लुटेर पनि लागुऔषध प्रयोग गर्छन्। अन्ततः उनीहरूको साथीकै सहयोगमा प्रहरीले उनिहरूलाई पक्राउ गरेर सुधार गृह पठाउने व्यवस्था गर्छ। नाटककोे लेखन तथा निर्देशन कार्य अतिरिक्त क्रियाकलाप शिक्षक सुन्दर थापाले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्