शैलेन्द्रको घोचपेच अब युट्युबबाटै



इराक ध्वस्त बुसले
युक्रेन ध्वस्त रुसले
नेपाल ध्वस्त घुसले।

ख्यातिप्राप्त हास्यव्यंग्य प्रस्तोता शैलेन्द्र सिंखडाका पछिल्लो चोटिला पंक्ति हुन् यी। ४२ वर्ष भयो शैलेन्द्रले यसरी चोटिला शब्दले हाँसोसँगै चोटिलो व्यंग्य प्रस्तुत गर्न थालेको।

राजनीतिक, सामाजिक, आर्थिकदेखि कला, न्याय, प्रहरी प्रशासनजस्ता राष्ट्रियदेखि अन्तर्राष्टिझय गतिविधि र विषयमा तिखो व्यंग्य वाण कस्दै आएका शैलेन्द्रको विशेषता नै हो, तत्काल समसामयिक विषयमा व्यंग्य तयार पार्नु। अनि त्योभन्दा पनि ठूलो र रोचक विशेषता छ उनको भव्य समारोहका बीच शालिन ढंगले तिखो व्यंग्य कस्दै समाज र सम्बन्धित क्षेत्रलाई सचेत गर्नु अनि सम्बन्धित पक्षलाई आच्छु आच्छु पार्नु।

अगाडि बडेमानको स्टयान्डमा ठड्याइएको माइक्रोफोन, सँगै मेचमा राखिएको हुन्छ पानीको बोतल। अनि शुरु हुन्छ शैलेन्द्रको धाराप्रवाह हास्यव्यंग्य प्रस्तुति। घण्टौँसम्म आप्नो चोटिला व्यंग्य वाण र उस्तै दमदार कविता वाचन गरेर पसिनाले निथुक्क भिज्दै, सुकेको घाँटी अगाडि मेचमा रहेको बोतलको पानीले भिजाउँदै रसिला अनि जोशिला कविता र व्यंग्य प्रस्तुत गरेर देशदेखि विदेशसम्म पुगेर दर्शकलाई मनोरञ्जनमाथि मनोरञ्जन प्रदान गर्ने उनको यो कलाले जोकोहीलाई प्रभावित बनाउँछ अनि हलभरि गुञ्जिरहन्छ वन्स मोर वन्स मोर। वन्स मोर भन्दा भन्दा बरु दर्शक थाक्लान्, थाक्दैनन् शैलेन्द्र व्यंग्यको वाणले रोपेर। बरु जति जति वन्स मोरको नारा घन्कन थाल्छ, त्यति त्यति उनको व्यंग्य कसिलो बन्दै जँन्छ।
उताबाट उ आयो
उताबाट लु आयो, जसलाई हामीले विश्वास ग-यौं
त्यल्ले खान नहुने कुरा खायो।
गाईजात्रा पर्वका अवसरमा राजधानी र जिल्लामा हुने कार्यक्रमदेखि अन्य समयमा देशदेखि विदेशसम्म हुने कार्यक्रममा यस्तै चोटिलो र रसिलो व्यंग्य गरेर सर्वप्रिय स्ट्यान्डअप कमेडियनको छाप बनाएका शैलेन्द्रले यसपटकको गाईजात्राको अवसरमा भने आप्mनो प्रस्तुतिको माध्यम केही परिवर्तन गरेका छन्। आँशु कविका रूपमा समेत चिनिने शैलेन्द्रले आगामी शुक्रबार परेको गाईजात्रा पर्वको अवसर पारेर त्यसको पूर्वसन्ध्या पारी भोलि बुधबार रातिदेखि आप्नो हांस्यव्यग्य प्रस्तुति युट्युब च्यानलबाट पस्कने भएका छन्।
तेन्जिङ ओर्लंदै छ
हिलारी चढ्दै छ
जमिन खुम्चँदै छ
नक्सा बढ्दै छ।
उनकै नामको शैलेन्द्र सिंखडा नामक युटुयुब अकाउन्टबाट उनका यस्ता व्यंग्य वाण अब घरमै बसी बसी, यात्रा गर्दा गर्दै, पार्टी मनाउँदा मनाउँदै, साथीहरू वा परिवारसँग रमाउँदा रमाउँदै अर्थात् जुनुसकै समयमा पनि टेलिभिजन स्क्रिन, मोबाइल, आइप्याडजस्ता ग्याजेटमा सजिलै हेरेर मनोरञ्जन हासिल गर्न सकिने भएको छ। शैलेन्द्रले आप्नो युट्युब च्यानलबाट जनभावनाको प्रतिनिधित्व गर्दै भन्नेछन् गरिब देशका भ्रष्टाहरू करेलाका किरा हुन्। आवाज उठाउनेछन् हामीलाई फुटेज होइन, लुटेज रिकभर चाहियो। युट्युबबाटै औंल्याउनेछन् यतिखेर देशलाई यौटा गतिलो गधा चाहिएको छ। युट्युब च्यानलबाटै व्यंग्य गर्नेछन्
एकातिर एम अधिकारी
अर्कोतिर हाम् बोके दाह्री
हिसाब किताब फच्या।
गाईजात्रा पर्व र यसको प्रयोग निरन्तरता मात्र भयो। देशको मूल जरो राजनीति र नेतृत्वमा स्वच्छता नआउँदा, सर्जकहरूले पनि विषय बदल्न पाएनन्। यो मेरो ४२ वर्षको यात्रामा तीनै पात्रका अगाडि उभिएर ऊस्तै कुराहरू भनिरहनु पर्दाको पीडा होु शैलेन्द्रको भनाइ छ त्यो पीडा बुधबारदेखि युट्युबबाट सेयर गर्दै जानेछु। मेरो गाईजात्रा हास्य व्यंग्य प्रस्तुतिलाई युट्युबबाटै निरन्तरता दिनेछु। त्यही युट्युब च्यानलबाट अन्य कार्यक्रम पनि पस्कने छु। म यो प्रविधिसँग अनभिज्ञ छु। तर, विस्तारै अद्यावधिक हुँदै जानेछु।
उनी थप्छन्
म, भ्रष्टको प्रष्ट रहस्य खोल्छु
आमा कसम ढाँट्दिन सत्य बोल्छु।

प्रतिक्रिया दिनुहोस्