दुई घण्टापछि अवरुद्ध सडक सञ्चालनमा



चितवन।

पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड दुई घण्टापछि सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ केराबारीस्थित मौरी खोलामा खसेको लेदोसहितको पहिरो पन्छाएपछि साँझ ७ः१५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।

आज अपराह्न ५ बजे खसेको पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्