छिः महानगर , जताततै फोहोर



काठमाडौं । काठमाडौं महानगरपालिका को अधिकांस सडक र पुलमुनी फोहोर थुप्रिएको छ । मुख्य सडकछेउमा थुप्रिएको फोहोर देखेर बटुवा र जोसुकैपनि नाक थुनेर हिड्न बाध्य छन् । राजधानीको पुतलीसडक, अनाम नगर, कुलेश्वर लगायत दर्जनभन्दा बढी स्थानमा फोहोरको डंगुर थुप्रिएको छ ।

कामपाका प्रवक्ता नविन मानन्धरले एकसाताभित्र सडकको फोहोर व्यवस्थापन भैसक्ने जनाएतापपनि विगत एकसाता अघिदेखि ती स्थानमा फोहोर डंगुर बढ्दै गएको छ । प्रायः सबै करिडोरको पुलमुनी फोहोर थुपारिएको छ । फोहोर थुपारिए जरिवाना लिनेछौ भनिएका स्थानमा समेत फोहोर फालिएको छ ।

बानेश्वर

अनामनगर

सेतो पुल

रोतोपुल

कोटेश्वर

तस्विरहरु: कल्याण पौडेल

प्रतिक्रिया दिनुहोस्