विन्ध्यवासिनीमा श्रीखण्डेश्वर महादेवलाई १००८ कमल पुष्प



काभ्रे ।

पनौती नगरपालिका वडा नम्बर ५ मा रहेको धुलिखेल र बनेपाको सिमानाको विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको श्रीखण्डेश्वर महादेवलाई १००८ कमल पुष्प बेलपत्र अर्पण गरिएको छ । साउनको चौथो सोमबार विशेष दिनको अवसर पारी भारतबाट झिकाईएको कमल पुष्प तथा बेलपत्र अर्पण गरिएको हो ।

साउन शुक्ल एकादशी अथार्त पुत्र दा एकादशी व्रतको अवसर पारी पनौती–५ श्रीखण्डपुरस्थित विन्ध्यवासिनी आध्यात्मिक प्रतिष्ठानको प्राङ्गणमा १००८ वटा कमल पुष्प तथा बेलपत्रले श्रीखण्डेश्वर महादेवमा अर्पण गर्दै महाअभिषेक कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका संस्थापक परमाध्यक्ष श्रोत्रिय ब्रह्मनिष्ठ अनन्त श्री विभूषित स्वामी श्री नि–शेषानन्द महाराजले बताउनु भयो । विन्ध्यवासिनी प्रतिष्ठानले चर्तुमासको कार्यक्रम निरन्तर गरिरहेको छ भने गुरुकुल शुभारम्भ गरेको छ ।

अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाका अनुसार आउँदो शुक्रवार साउन २७ गते जनै पुर्णिमा, रक्षा बन्धन, संस्कृत दिवसको अवसर पारी विशेष रक्षा बन्धन कार्यक्रम आयोजना गरिएको छ ।

गुरुपुर्णिमाको अवसरमा संस्थाका परामाध्यक्ष श्रोत्रिय ब्रम्हनिष्ठ अनन्त विभूषित स्वामी श्री नि शेषानन्द महाराजको सानिध्यमा गुरु पुजनोत्सव, गुरुकुल समुद्घाटन, नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान तथा चतुर्मासमा प्रवचन गरेको थियो ।

गुरुकुल शुभारम्भ हुनु अघि नवाह आयोजना गरिएको थियो । सोही अवसरमा विन्ध्यवासिनी मन्दिरको प्राण प्रतिष्ठा गरिएको थियो । विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको उक्त मन्दिर निर्माणका लागि विन्ध्यवासिनी कुल देवता भएका सबै व्यक्तिहरूलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्