निर्मला प्रकरणमा ४ वर्षअघि समातिएका विष्टमाथि यौन दुर्व्यवहारको अर्को आरोप



धनगढी।

कञ्चनपुरको भीमदत्त नगरपालका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको शव भेटिएकै ठाउँ नजिक दिलीप सिंह बिष्टले एक किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेको छ।

पन्तको शव भेटिएको ठाउँ नजिकै बिष्टले कक्षा १२ मा अध्ययनरत एक किशोरीलाई दुर्व्यवहार गरेको भन्दै पीडित प्रहरीकोमा पुगेका छन् । ती छात्रालाई बिष्टले बाटो ढुकेर यौन दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी प्रमुख एसपी श्याम चौधरीले बाटोमा हिड्ने क्रममा कक्षा १२ मा अध्ययन छात्रालाई बिष्टले बाटो ढुकेर यौन दुर्व्यवहार गरेको भन्ने गुनासो आएको र सो विषयमा अनुसन्धान भइरहेको बताए।

यसअघि पनि बिष्टले दुव्यर्वहार गरेको भन्दै पटक पटक महिलाहरुले सार्वजनिक रुपमै अभिव्यक्ति दिने गरेका थिए।

अहिले एक किशोरीलाई दुर्व्यवहार गरेको आरोप लागेका बिष्टलाई भने यसअघि प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न भन्दै पक्राउ गरेको थियो।

पछि निर्मलाको भेजाइनल स्बाबबाट निकालिएको वीर्यको डीएनए जाँच गर्दा डीएनए नमिलेको भन्दै उनलाई छाडिएको थियो।

मानव अधिकार आयोगको टोलीले पनि डीएनए बाहेकको माध्यबाट अनुसन्धान गर्न निर्देशन दिएको थियो।

हत्या भएदेखि अहिलेसम्म दर्जनौं अनुसन्धान तथा छानबिन टोलीले कन्चपुर पुगेर निरन्तर अनुसन्धान गरिरहे पनि अहिलेसम्म यो प्रकरण सुल्झन सकेको छैन।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्