गगन थापाको झुट, “एक्लैलाई मात्र राजद्रोहको मुद्दा लाग्यो” ( भिडियाेसहित )



काठमाडाैंं ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दोस्रो जनआन्दोलनको समयमा आफू एक्लैलाई मात्र राजद्रोहको मुद्दा लागेको झुटो भनाई व्यक्त गरेका छन् । सिसन बानियाँद्वारा सञ्चालित कार्यक्रम प्याराडाइम पोडकास्टमा कुराकानी गर्दै थापाले उक्त भनाई व्यक्त गरेका हुन् ।

वास्तविकतामा राजाको प्रत्यक्ष शासनकालमा २०६० साल पुस १ गते विद्यार्थी आन्दोलनमा सक्रिय ३ जनालाई राजद्रोहको मुद्दा लगाइएको थियो । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका तत्कालीन केन्द्रीय सदस्य पुरुषोत्तम आचार्य नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका तत्कालीन अध्यक्ष गुरुराज घिमिरे, महामन्त्री गगन थापालाई  राजद्रोहको मुद्दा लगाइएको हो ।

आचार्यलाई दिउसो ४ बजे रत्नपार्कबाट तथा घिमिरे र थापालाई पार्टी मनाउँदै गर्दा वुढानिलकण्ठको पार्क भिलेज रिसोर्टबाट साँझ ६ः३० बजे पक्राउ गरिएको हो । आचार्यसँगै पक्राउ परेकी तत्कालीन विद्यार्थी नेता तथा हाल सांसदसमेत रहेकी नेकपा एमालेकी केन्द्रीय सदस्य सरिता न्यौपानेलाई आन्दोलनमा सहभागी भएपनि नारा नलगाइएको भनी छोडिएको थियो । उहाँहरूलाई साँझ ८ बजेसम्म महेन्द्र प्रहरी क्लब प्रदर्शनी मार्गमा राखी राति ९ बजे हनुमान ढोका पु¥याइएको थियो ।

सो समयमा राजद्रोहको मुद्दा फिर्ता र रिहाइको लागि चौतर्फी आन्दोलन चर्किएको थियो । तिनै जना २०६० साल पुस ११ गते विशेष अदालतबाट रिहा हुनुभएको थियो । सोही मुद्दा दोस्रो जनआन्दोलनलाई उत्कर्षमा पु-याउनका लागि प्रमुख घटना मानिएको छ । उहाँसँगै मुद्दा लागेका हाल नेकपा एमाले ललितपुरका अध्यक्षसमेत रहनुभएका पुरुषोत्तम आचार्यले भन्नुभयो, “गगन थापाजस्तो राजनीतिक सम्भावना भएका व्यक्तिले यस्तो भनाई बाहिर ल्याउनु उचित होइन । राजद्रोहको मुद्दामा गुरु पुरु गगन नामले हामी तिन जनाको नाम लिइन्छ ।

तिनै जना एउटै सेलमा बसेका थियौँ । घर नजिक भएकोले सुत्नको लागि डसना पनि उहाँकै घरबाट ल्याइएको थियो । हामी नजिकका साथी पनि हौँ, उमेरमा पनि उस्तै छौँ, सँगै आन्दोलनको नेतृत्व ग-यौं । अर्का साथी गुरुराज घिमिरे अहिले पनि नेपाली काँग्रेसकै केन्द्रीय नेतृत्वमा हुनुहुन्छ । गगनजीले इतिहास नबिर्सिँदा अलिक राम्रो हुन्छ ।” गगन थापालाई चर्चाका लागि जे सुकै गर्न सक्ने आरोप पनि लाग्ने गरेको छ । अघिल्लो प्रतिनिधि सभाको निर्वाचनको सम्मुखमा निर्वाचन जित्नकै लागि आफैँले बम पड्काएको भन्ने आरोप थापालाई लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्