राजेशपायल र प्रविशा अब कोच



गायन रियालिटी शो द भ्वाइस अफ नेपालको चौथो सिजनको औपचारिक घोषणा गरिएको छ। आगामी महिनादेखि प्रसारणको तयारीमा रहेको द भ्वाइस अफ नेपालको चौथो सिजनका लागि दुई कोच परिवर्तन गरिएको छ। चौथो सिजनका लागि राजेशपायल राई र प्रविशा अधिकारी भित्रिएका छन्।

शो हिमालय टेलिभिजनबाट शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुने यसको औपचारिक घोषणामा जानकारी गराइएको छ। शोका लागि डिजिटल अडिसनमा सहभागी भएका ४१ हजार आवेदकमध्येबाट छानिएका एक सय २० प्रतिभा ब्लाइन्ड अडिसनको तयारीमा जुटेका छन्। ब्लाइन्ड अडिसनमा प्रस्तुति दिनेमध्ये ६४ जना प्रतिभाले ब्याटल राउन्डमा प्रतिस्पर्धाको मौका पाउने निर्देशक लक्ष्मण पौडेलले जानकारी गराए।

कोच राजेश पायल र प्रविशाले चौथो सिजनमा जोडिन पाउँदा उत्साहित भएको बताए। हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले एक महिनामै प्रसारण हुनेगरी कार्यक्रम निर्माण कार्य अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्