शिवहरिको लक्का जवान अमेरिकी राज्यमा



लोकप्रिय हास्य अभिनेता शिवहरि पौड्याल (प्वाक्क मुखाँ हान्नुजस्तो) को डेब्यु निर्देशनमा बनेको फिल्म लक्का जवान नेपालपछि अमेरिकाका विभिन्न राज्यमा प्रदर्शन गरिएको छ।

केही महिनादेखि अमेरिकी सहरमा प्रदर्शन गरिरहेको फिल्म हालसम्म भर्जिनिया, मेरिल्यान्ड, न्युयोर्क, वोस्टन, न्युवर्ग, न्यु हेम्पसायर, मिसिगन र कनेक्टिकटमा प्रदर्शन गरिएको तथा क्यालिफोर्नियाको सानफ्रान्सिस्को, लसएन्जल्स, कोलोराडो, मिनिसोटा, पेन्सलभेनिया, टेक्सास, अस्टिन, नर्थ केरोलोना, केन्टकी, एटलान्टा, हेरिसवर्ग र ओहायो राज्यमा प्रदर्शनको तयारीमा रहेको निर्देशक पौड्यालले अमेरिकाबाट नेपाल समाचारपत्रलाई जानकारी गराएका छन्।
करिब करिब २२-२५ स्थानमा रिलिज हुने फिल्म धेरै राज्यमा मन पराइएको छ भने विभिन्न राज्यबाट अत्यधिक डिमान्ड भइरहेको छ। यसअघि, रिलिज गरिसकिएको अमेरिकी सहरमा समेत पुनः प्रदर्शनको लागि अनुरोध भइरहेको छु निर्देशक पौड्यालले भने।

ध्रुव वन्तको प्रस्तुति र अनुसुया श्रेष्ठको निर्माण रहेको फिल्म निर्देशक पौड्याल स्वयंले लेखेका हुन्। हाँस्दा हाँस्दैरून बाध्य बनाउने फिल्मको कथावस्तुलाई दर्शकले अधिक रूचाउनुभएको छ। स्थानीय चुनावसँगै नेपालमा रिलिज भएको फिल्म धेरैभन्दा धेरै दर्शकले हेर्न नपाउनु भएकोले एकपटक फेरि नेपालका सिनेमा घरमा रिलिज गर्ने तयारी गर्दैछौँ निर्देशक पौड्यालले जानकारी गराए। फिल्मका निर्माता वन्तले फिल्म अमेरिकापछि अन्य देशमा पनि प्रदर्शन गरिने बताए।युके, जर्मन, कोरिया, अस्टझेलिया, बेल्जियम, जापानजस्ता देशमा पनि निकट भविष्यमै प्रदर्शन गर्ने योजना छु निर्माता वन्तले भने।

फिल्ममा दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा शिवाकोटी, किरण केसी, राजाराम पौड्याल, शिवहरि पौड्याल, शुशील पोखरेल, सुरेन्द्र्र केसी, जयनन्द लामा, सरोज खनाल, आयुषा श्रेष्ठ, सविता गुरुङ, अञ्जु महर्जन, नरेन्द्र्र कंसाकार, रवि डंगोल, देशभक्त खनाल, मुकुन्द मैनाली, रमेश केसी मद्मारेु लगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्