शहरी विकास तथा भवन निर्माण विभागका चार आयोजना प्रमुख पुरस्कृत



काठमाडौं ।

शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत रहेका २१ वटा आयोजना मध्येबाट ४ जना आयोजना प्रमुखहरु पुरस्कृत हुनुभएको छ । शहरी विकास मन्त्रालयद्धारा आयोजित तीन दिने गोष्ठीको वार्षिक कार्य प्रगति, बेरुजु फछ्र्यौट लगायतका विभिन्न सूचकमा उत्कृष्ट अंंक ल्याउने आयोजना प्रमुखलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत हुनेहरुलाई शहरी विकास मन्त्री मेटमणि चौधरी र मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले पुरस्कृत गर्नुभयो । विभागका उपमहानिर्देशकत्रय चक्रवर्ती कण्ठ, दिलिप भण्डारी र सुरेन्द्रमोहन श्रेष्ठ सम्मिलित मूल्यांकन टोलीले चार जना आयोजना प्रमुखहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

पुरस्कृत हुनेहरुमा सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय चितवनका आयोजना प्रमुख प्रकाश अर्याल, रामेछापका आयोजना प्रमुख सुरेश वाग्ले, संघीय आयोजना कार्यान्वयन इकाई कैलालीका आयोजना प्रमुख प्रविण शाह र संघीय आयोजना कार्यान्वयन इकाई धनुषाका आयोजना प्रमुख प्रदीप खनाल रहनुभएको छ ।

गत आर्थिक वर्ष चितवनले ८३।६ प्रतिशत, कैलालीले ८०।२ प्रतिशत, धनुषाले ८६।७५ प्रतिशत र रामेछापले ६० प्रतिशत पुँजीगत खर्चमा प्रगति हासिल गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्