नेपालगञ्जमा बढ्दो फुटसल क्रेज



बाँके। 

नेपालगञ्जमा फुटसलको लोकप्रियता बढेको छ । फुटसलप्रतिको आकर्षणले गर्दा नै यसमा करोड बढीको लगानी भइरहेको छ । नेपालगञ्जमा एउटा मात्रै फुटसल थियो । शनिबारदेखि अर्को एउटा थपिएको छ । ६ जना फुटबलप्रेमी मिलेर न्युरोडमा फुटसल बनाएकाथिए । उनीहरुले जग्गा लिजमा लिएर फुटसल बनाएका हुन् । नेपालगञ्ज फुटसल नाम दिइएको उक्त फुटसल राम्रै चलेको छ । ५० जना बढीले सदस्यता लिएर नियमित फुटसल खेलिरहेका छन् ।

शनिबारदेखि होम इन्टरनेसनल स्कुलले बनाएको फुटसल शुरु भएको छ । अढाई कठ्ठा जग्गासहित दुई करोड ५० लाख रुपैया खर्च गरिएको छ । स्कूलका सञ्चालक सुरेश गौतमले जग्गा छोडेर फुटसलमा मात्रै ५० लाख रुपैया खर्च भएको जानकारी दिनुभयो । स्कूलभित्र बनाइएको फुटसलमा स्कूल समय बाहिर जो पनि सदस्यता लिएर खेल्न सक्ने गौतमले बताउनुभयो ।

फुटसलको शनिबार नेपालगञ्जका मेयर प्रशान्त विष्टले उद्घाटन गर्नुभयो । फुटसलको उद्घाटनका क्रममा फुटसल प्रतियोगिता नै राखिएको थियो । नेपालपत्रकार महासंघ, वार एसोसियसन, मानवअधिकारकर्मी, नेपाल आर्मी, नेपालप्रहरी, होप इन्टरनेसनल स्कूल, राँझा फुटबल टीम, बाँके जिल्ला फुटबल संघको टोलीले प्रतियोगितामाभागलिएकाथिए । प्रतियोगिताको उपाधि होम इन्टरनेसनल स्कुलले जितेको छ । उसले फाइनलमा नेपाल आर्मीलाई पराजित गरेको थियो ।

स्वस्थ रहन विभिन्न अभ्यास गर्ने गरिन्छ । नियमित फुटसल खेल्दा शरीरलाई फिट राख्न सकिन्छ । विगतमा फुटबल खेलेका प्रायः मानिस फुटसल खेल्न गइरहेका छन् । विहान र साँझ हिड्ने, जिम जाने, पौडी खेल्न जानेजस्तै शरीरलाई फिट राख्न फुटसल खेल्न जानेको कमी छैन ।

प्रतिक्रिया दिनुहोस्