हेटौंडामा कोरा साइक्लिङ



हेटौंडा ।

हेटौंडा राइडर्स क्लबको आयोजनामा हेटौंडा कोरा साइक्लिङ २०२२ भएको छ । हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु भई फरेस्ट्री कर्रा गुम्बा, कमलडाँडा, पशुपति मन्दिर, हुप्रचौर, परिजातपथ, हेटौंडा रिसोर्ट हुँदै कोरा चौघडा पुगेको थियो ।

राइडर्सलाई हेटौंडा ७ वडा अध्यक्ष दामोदर गौतम तथा निवर्तमान मेयर हरिबहादुर महतले न्युरेनीमा स्वागत गरेका थिए । राइडर्स टोली चौघडाबाट चुच्चेखोला, राजदेवी, फुर्केचौर, गुम्बाडाँडामा पुगेर खाना खाने तथा प्रत्यक्ष साँस्कृतिक कार्यक्रममा सरिक भएका थिए । हटिया, कमाने हुँदै औद्योगिक क्षेत्रबाट हेटौंडाको बुद्धचोकमा हेटौंडा कोरा साइक्लिङ कार्यक्रम सम्पन्न भएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको परिक्रमा गर्दै क्लब अध्यक्ष विकास ताम्राकारले ५० किलोमिटर हेटौंडा कोरामा करिब २ सयभन्दा बढी राइडर्सले उत्साहजनकरूपमा सहभागिता जनाएको बताए । कार्यक्रममा बारा, पर्सा, काठमाडौं र मकवानपुरका राइडर्सको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्