जुम्लाका तीन वटा पालिकाले अझै पेस गरेनन् बजेट



जुम्ला।

पालिकाले प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साइटमा बजेट पेस (अपडेट) गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

तर, जुम्लाका तीन वटा पालिकाले अझै मन्त्रालयको वेबसाइटमा बजेट अपलोड गरेको देखिँदैन ।

पालिकाले असार १० गतेसम्म गाउँ तथा नगर सभा गरेर असार मसान्तसम्म मन्त्रालयको वेबसाइटमा बजेट अपलोड गरिसक्नुपर्छ । तर, जुम्लाको चन्दनाथ नगरपालिका, पातारासी र हिमा गाउँपालिकाले बजेट अपलोड गरेका छैनन् ।

पालिकाले समयमै बजेट पेस नगरेर आफ्नो दायित्व र कर्तव्यबाट पछि हटेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव तथा प्रवक्ता वसन्त अधिकारीले बताए । देशभरका सात सय ५३ वटा पालिकामध्ये अझै एक सय १५ वटा पालिकाले बजेट पेस गरेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्