प्रधानसेनापति शर्मा स्वदेश फिर्ता



काठमाडौँ।

प्रधानसेनापति प्रभुराम शर्मा अस्ट्रेलिया भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा आयोजित चिफ अफ डिफेन्स (चोड) मा सहभागी भएका शर्मा शुक्रबार राति स्वदेश फर्केका हुन् ।

प्रधानसेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा स्वागत गरेका थिए ।

प्रधानसेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा, वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरूमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । त्यसका साथै उनको चीन, नाटो र अन्य एसियाली देशका सेना प्रमुखहरूसँग समेत भेटवार्ता भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्