देशका अधिकांश स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्क रहन आग्रह



काठमाडौं । हाल देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

पहाडी भू-भागका थोरै र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

त्यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशहरूका केही स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले जारी गरेको बुलेटिनमार्फत आग्रह गरेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेकोले वर्षाको प्रभाव कायम रहनेछ ।

प्रतिक्रिया दिनुहोस्