कार्कीलाई मुवाँथाईको सम्मान



काठमाडौं । 

राष्ट्रिय मुवाँथाई संघ नेपालले आफ्ना बेलायत सम्पर्क मञ्चका अध्यक्ष सुरज कार्कीलाई बिहीबार सम्मान गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा रहेको प्रशिक्षण हलमा संघका अध्यक्ष गणेशलाल कक्षपति र खेलाडीले खाँदा लगाएर कार्कीलाई सम्मान गरे ।

सम्मानित भएपछि पूर्व क्योकुसिन कराते खेलाडी एवं प्रशिक्षक कार्कीले भने– ‘सम्मान गर्नु भएकोमा धन्यवाद । तपाई (खेलाडी) हरू लगनशील भएर प्रशिक्षण गर्नुस । सफलता अवश्य मिल्नेछ । पदक जित्नका लागि मात्र होइन शारीरिक तन्दुरुस्ती र आत्मबल उच्च बनाउनका लागि पनि खेल महत्वपूर्ण पाटो हो ।’ अध्यक्ष कक्षपतिले कार्कीले मुवाँथाईका साथै क्योकुसिन कराते खेलको विकासमा विशेष योगदान रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्