अंकितको आकाँक्षा



फिल्म रातो टिका निधारमाबाट फिल्म क्षेत्रमा उदाएका नायक अंकित शर्मा नेपाली कला क्षेत्रको आशा लाग्दा कलाकार हुन्। निर्माता, निर्देशक तथा अभिनेता पिता अशोक शर्माका पुत्र उनी सानैदेखि कलाकारिताको माहोलमा हुर्किए। जसका कारण उनी पनि अभिनय क्षेत्रमा आकर्षित हुँदै गए। स्कुल अध्ययनका क्रममा बेला-बेला नाटकमा अभिनय गर्नेे अकिंतले प्लस टुमा समेत अभिनय विषय लिएर अध्ययन गरे। अध्ययनकै क्रममा कलेजमा हुने नाटकमा मुख्य भूमिकामा अभिनय गरे।

अभिनेता तथा निर्देशक अशोक शर्माका छोरा भएकै कारण अंकितलाई कुनै पनि बेला कला क्षेत्रमा पाइला राख्ने सरल अवसर थियो । तर, उनले हतार गरेनन्। बरु आफूलाई थप निखारेर मात्र अभिनय क्षेत्रमा आउने सोचले मलेसिया गई फिल्म मेकिङ विषयमा ब्याचलरसम्मको पढाइ पूरा गरेर नेपाल फर्किए। मलेसियामा फिल्म मेकिङ पढ्दा पनि अभिनय गरिरहन्थे । त्यस क्रममा पाकिस्तानी डाइरेक्टरको निर्देशनमा एक शर्ट फिल्ममा अभिनय गरेको थिएँ। मलेसियन फिल्म कमीसनले आयोजना गरेको पाकिस्तानी र इरानी सर्ट फिल्मको कम्पिटिसनमा त्यो सर्ट फिल्ममार्फत मैले एक्टरको अवार्ड पाएको थिएँ, अंकित हर्षित हुँदै सम्झन्छन्।

हलिउडमा समेत केही समय प्रोडक्सनको अनुभव संगालेका अंकितले नेपाल आएपछि शिल्पी थिएटरमा ६ महिने अभिनय कोर्ससमेत गरेर पिता अशोक शर्माको निर्देशनमा फिल्म रातो टिका निधारमामा नायकको रूपमा डेब्यु गरका अंकित अभिनयको सिलसिलामा कतिपय कुरा आफूले सोचेभन्दा राम्रो गरेको र कतिपय कुरामा भने सुधार गर्नुपर्ने अनुभव रहेको बताउँछन्। रातो टीका निधारमाबाट पहिलो चोटी सेल्युलाइड फिल्ममा अभिनय गरेको हुँ। त्यस कारण पनि आगामी फिल्ममा अझै सुधार गर्नुपर्ने देखेको छु। ड्याडीको अगाडि साम्रँज्ञीको साथमा रोमान्टिक सिन दिँदा अलि असहज पनि महसुस भयोु, उनले सुटिङको अनुभव सुनाए।

डेब्यु फिल्म रातो टीका निधारमाबाटै राष्ट्रिय चलचित्र अवार्ड तथा डिसिने अवार्डमा डेब्यु अभिनेताको अवार्ड चुमेका अंकितले कोभिड+१९ का कारण अर्को फिल्म आउन ढिलो भएको खुलाए। फिल्मपछि अंकितलाई म्युजिक भिडियोहरूमा पनि अफर नआएका होइनन्। तर एक दुई महिनामा म्युजिक भिडियोमा आइराख्नु ठीक लागेन। फिल्मकै गीतहरू त हो, तर म्युजिक भिडियोमार्फत घरीघरी युट्युबमा देखिम्दा दर्शकले रुचाउम्दैनन् कि भन्ने लागेर काम नगरेको हुँ।

डान्स सिक्ने क्रममा विभिन्न व्यक्तिहरूले म्युजिक भिडियोमा अभिनयको लागि प्रस्ताव राख्नुहुन्थ्यो। अहिले पनि अफरहरूआइरहेका छन्। तर, म म्युजिक भिडियो गर्ने मुडमा छैनु अंकितले सुनाए। करिअरसँगै पढाइलाई अघि बढाउने क्रममा अंकित इन्टनेसनल रिलेसन विषयमा मास्टर्स गर्नका लागि अमेरिका जाने तयारीमा छन्।

तर, यस विचमा नेपाली फिल्ममा अभिनय गर्न नेपाल आउने योजना उनले सुनाए। पढाइ अघि बढाउनका लागि अमेरिका जाम्दैछु। तर, करियर फिल्म क्षेत्रमै बनाउने आकांक्षा छ। यही फिल्डलाई नै अपनाउने सोच छ। त्यसैले, उज्ज्वल घिमिरेको निर्देशनमा एक फिल्म खेल्नेका लागि डिसेम्बर वा जनवरीमा म नेपाल आउनेछु उनले सुनाए।

प्रतिक्रिया दिनुहोस्