पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना पुष्टि, एकको मृत्यु



काठमाडौं ।

देशभर थप ७६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५८९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ९४ जना र ३ हजार ३३७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २६६ जनामा गरी जम्मा ७६० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३२ हजार ६१३ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ३ सय २४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७१ हजार २५० पुगेको छ ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण एकको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९६९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ६०२ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

 

प्रतिक्रिया दिनुहोस्