डिजाइनर रनवेमा भारत र नेपालका ३० मोडल



आगामी भदौ ४ गते राजधानीमा आइसी डिजाइनर रनवे ११ शीर्षकमा फेसन शो हुने भएको छ। आईसी कलेजको आयोजना तथा नेक्स्ट मोडल्स नेपालको व्यवस्थापनमा अडिसनबाट छानिएका २४ मोडलको सहभागितामा फेसन शो हुने भएको हो। फेसन शोमा भारतबाट छानिएका ६ अन्तराष्ट्रिय मोडल तथा नेपालका २४ गरी ३० मोडलले -याम्प नाप्नेछन्।

होटल याक एन्ड यतिमा हुने शोमा आइसी कलेजका ६१ जना फेसन डिजाइनरले तयार पारेका डिजाइनमा मोडलहरूले क्याटवक गर्नेछन्। शोका फेसन डिजाइनर आईसी कलेजका १९औं ब्याजका पासआउट विद्यार्थी हुन्। केही वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएको शो यस वर्ष विगतका तुलनामा अभै उत्कृष्ट र भव्य हुने आयोजकको दाबी छ।

नेपाली फेसन डिजाइनरको प्रचार-प्रसार गर्दै उनीहरूले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पु-याउने उद्देश्यले फेसन शो गर्न लागिएको कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले बताइन्। फेसन शोको लागि कोरियोग्राफर अभिमन्यु सिंह तोमर समेत नेपाल आउने आयोजकले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्