पछिल्लो २४ घण्टामा थप ९१५ जनामा कोरोना पुष्टि



काठमाडौं ।

देशभर थप ९१५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ९० जना र २ हजार ९११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२५ जनामा गरि जम्मा ९१५ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३१ हजार ८५३ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ३ सय १ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ७० हजार ९२६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ४३३ जना कोरोनाका सक्रिय संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्