भूकम्पबाट ४ वटा घरमा क्षति, स्थानीय सरकार, प्रहरी प्रशासन र दातृनिकायद्वारा क्षतिको विवरण संकलन

मानवीय तथा पशुचौपायको क्षति नभएको



खोटाङ । जिल्लाको मातिम केन्द्रविन्दु बनाइ ६ म्याग्निच्यूडको भूकम्प गएको छ । आज (आइतबार) बिहान ८ बजेर १३ मिनेटमा उक्त भूकम्प गएको हो ।

सोकला गाउँपालिका–५ मातिम केन्द्रविन्दु बनाइ विहान भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प केन्द्रविन्दु आसपासका ४ वटा घरमा समान्य क्षति भएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताए ।

प्रजिअ सेढाईका अनुसार भुकम्पको केन्द्रविन्दु मानिएको मार्तिमविर्तामा २ वटा, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा १ र महादेवस्थानमा १ घर चर्किएको छ । कुनै घर चर्केको र कुनै घरको टायल खसेको सेडांईको भनाइ छ । भूकम्पबाट मानवीय तथा पशुचौपायको क्षति भने भएको छैन ।

क्षतिको विवरण संकलन लागि साकेला गाउँपालिकाका कर्मचारी परिचालित गरिएको अध्यक्ष रवीप्रकाश राईले बताए । जसका लागि सबै वडा समितिलाई परिचालन गरिएको अध्यक्ष राईले बताएका छन् । यस्तै, हलेसी तुवाचुङ नगरपालिका लगायतका अन्य केही स्थानीय तहले पनि क्षति विवरण संकलनका लागि सहयोग गरिरहेको बताइएको छ ।

भूकम्पबाट हुनसक्ने क्षति र विपद् व्यवस्थापनका लागि नेपाली सेना, प्रहरी लगायतलाई सतर्क रहन निर्देशन दिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ सेढाईको बताए । विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समिति लगायत स्थानीय तहसँग समेत समन्वय भइरहेको जनाइएको छ ।

विगत केही महिना यता जिल्लाका विभिन्न स्थानमा पटक–पटक साना–साना पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बताएको छ । ठूलो भूकम्पको धक्का पश्चात् बेला–बेला स–सना पराकम्प गइरहने हुँदा सतर्क रहन उक्त केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्