एसईईपछिको प्राविधिक शिक्षा बोली खानेभन्दा गरी खाने शिक्षा



पुष्कर बुढाथोकी

एसईईपछिको अध्ययन भविष्यतर्फको पहिलो महङ्कवपूर्ण खुड्किलो हो। एक किसिमले भन्ने हो भने दशौं वर्षदेखि मेहनत गरेर एसईई तह पार गरेको एउटा विद्यार्थीका लागि यो समय जीवनपर्यन्त प्रभाव पार्ने निर्णय गर्ने क्षण हो।

एसईईपछिको उच्चशिक्षा अध्ययन दुई धारमा छुद्मिन्छ – साधारण र प्राविधिकः

पछिल्लो समय देशमा व्याप्त बेरोजगारीको अवस्था बढिरहेको बेला नेपालमा प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दो छ। अन्य शिक्षाको तुलनामा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले पढाई सकाएलगत्तै रोजगारी पाउने सम्भावना धेरै हुन्छ । देशमै उद्यमी र आत्मनिर्भर बन्नका लागि प्रविधिक शिक्षालाई महङ्कवका साथ हेरिएको छ।

एसईई गरेका विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन प्राप्त शिक्षण संस्थाबाट प्राविधिक शिक्षा लिन सक्छन्। सीटीईभीटीले आंगिक, साझेदारी, सामुदायिक विद्यालयमा कक्षा ९ देखि नै कक्षा १२ सम्म प्राविधिक शिक्षा (सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा) (टेक्स) र निजी गरी चारवटा स्वरुपमा संस्था सञ्चालन गर्ने स्वीकृत दिएर प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ।
नेपालमा बेरोजगारीको संख्या दिनानुदिन बढिरहेको छ। विज्ञहरु भन्छन्, ञदेशको अहिलेको समग्र शिक्षा प्रणाली नै यस कुराको मुख्य कारक होे।

प्राविधिक शिक्षामा बढ्दो आकर्षण

प्राविधिक शिक्षालाई बोली खानेभन्दा गरी खाने शिक्षाु भनिन्छ। पछिल्लो समय गरिएका विभिन्न तथ्यांकले पनि गरिखाने शिक्षाप्रति युवा पुस्तामा आकर्षण बढ्दै गएको देखाएको छ। सीटीईभीटीको तथ्यांकअनुसार प्राविधिक शिक्षा र तालिमप्राप्त जनशक्तिको रोजगार दर ७० प्रतिशतभन्दा बढी छ। तीनवर्ष डिप्लोमा उत्तीर्ण गरेपछि राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक (सुब्बा सरह) को लागि योग्य मानिन्छन्। तीनवर्षे डिप्लोमा ÷प्रमाणपत्र तहका विविध कोर्षहरुलाई त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाण पत्र तहको सरह मान्यता प्रदान गरेको छ। डिप्लोमा कोर्षहरु पूरा गरेका विद्यार्थीले स्नातक शिक्षा हासिल गर्न सकिन्छ।

विद्यालय र विश्वविद्यालयमार्फत् उच्चशिक्षा अध्ययन गर्नेहरुका लागि तहगत व्यवस्था भएजस्तै परिषद्अन्तर्गतका शिक्षालय तथा बहुप्राविधिक शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई पनि उच्च शिक्षासम्मको अध्ययन गर्ने अवसर प्रदान गरेको परिषद्का सूचना तथा अनुसन्धान महाशाखा प्रमुख विनोद बडालले बताउनुभयो।

वैदेशिक रोजगारका लागि बजार प्रवेश पाउन पनि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम एक सहज माध्यम बनेको छ। प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्राप्त व्यक्तिहरुले साधारण शिक्षाप्राप्त व्यक्तिको तुलनामा उच्च तलब, रोजगार एवं स्वरोजगार भई आयस्तरमा वृद्धि एवं सहज जीवनयापन गर्न सहयोग पुग्छ, उहाँले भन्नुभयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद््ले एसईई उत्तीर्णलाई ३ वर्षे डिप्लोमा-प्रमाणपत्र तह र १८ महिने प्राविधिक एसएलसी-टीएसएलसी कार्यक्रम सञ्चालन गरिरहेको छ।

सीपयुक्त जनता, समृद्ध नेपाल को दूरदृष्टि बोकेको सीटीईभीटीले सूचना प्रविधि र हाइडझो पावरमा सिभिल इन्जिनियरिङको पढाइ शुरु गरिसकेको छ भने पत्रकारिता र आम सञ्चारमा समेत पढाइका लागि पाठ्यक्रम तयारी गरेर सञ्चालनको शीघ्र तयारी गरिरहेको महाशाखा प्रमुख बडालले बताउनुभयो।एसईईपछिको प्राविधिक शिक्षा पढ्नका लागि आंगिक संस्थामा मापदण्ड पूरा गरेकालाई निःशुल्क तथा औसतमा न्यूनतम ५० हजारदेखि ४ लाख ७५ हजार रुपियाँसम्म पढाइ शुल्क लाग्ने गर्दछ।सीटीईभीटीले आफ्ना कार्यक्रमहरुलाई विस्तार गरी दुर्गमका सीमान्तकृत वर्गहरुसम्म प्राविधिक शिक्षाको पहुँच पु-याउने नीति लिएको परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिनुभयो।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का कार्यक्रमलगायत समग्र प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम कार्यक्रममा पहुँच वृद्धिका लागि प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

शिक्षालय
परिषद्अन्तर्गत ६३ आंगिक, ४२ साझेदारी, ५७२ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा र ४२९ निजी गरी पाँचवटा स्वरुपमा बहु÷प्राविधिक शिक्षालय सञ्चालित छन्। सञ्चालित कार्यक्रम र पाठ्यक्रम प्राविधिक एसएलसी र डिप्लोमा र प्रमाणपत्र तहका साथै छोटो अवधिका सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको छ। सो कोर्सअन्तर्गत प्राविधिक एसएससीतर्फ उत्तीर्णलाई १८ महिने र डिप्लोमा-प्रमाणपत्र तहतर्फ उत्तीर्णलाई ३ वर्षे कार्यक्रममा प्रशिक्षण सञ्चालन गरेको छ।

सीटीईभीटीअन्तर्गत अध्ययन अध्यापन हुने विषय र स्वीकृत पाठ्यक्रम विवरण
डिप्लोमा-प्रमाणपत्र तहतर्फ देहायका पाठ्यक्रम स्वीकृत भई कार्यक्रमहरु सञ्चालनमा भएका छन्ः
(क) कृषि (३ वटा)
 डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान)
 डिप्लोमा इन एग्रिकल्चर (पशु विज्ञान)
 डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी
(ख) वन विज्ञान (१ वटा)
 डिप्लोमा इन फरेस्टझी
(ग) इन्जिनियरिँ (१४ वटा)
 डिप्लोमा इन सिभिल इन्जिनियरिङ
 डिप्लोमा इन सर्र्भे इन्जिनियरिङ
 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ
 डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ
 डिप्लोमा इन इलेक्टझोनिक्स इन्जिनियरिङ
 डिप्लोमा इन इलेक्टिझकल इन्जिनियरिङ
 डिप्लोमा इन इन्फरमेसन इन्जिनियरिङ
 डिप्लोमा इन आर्किटेक्चर इन्जिनियरिङ
 डिप्लोमा इन अटोमेकानिकल इन्जिनियरिङ
 डिप्लोमा इन इलेक्टिझकल एन्ड इलेक्टझोनिक्स इन्जिनियरिङ
 डिप्लोमा इन बायोमेडिकल इक्विपमेन्ट इन्जिनियरिङ
 डिप्लोमा इन जियोमेक्टिझक इन्जिनियरिङ
 डिप्लोमा इन रिफ्रिजेनेटर एन्ड एयर कन्डिसन इन्जिनियरिङ
 डिप्लोमा इन हाइडझोपावर इन्जिनियरिङ.
(घ) स्वास्थ्यतर्फ (११ वटा कार्यक्रम)
 प्रमाणपत्र तह सामान्य चिकित्सा
 प्रमाणपत्र तह नर्सिङ
 प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी
 प्रमाणपत्र तह रेडियोग्राफी (२० वटा कार्यक्रम)
 प्रमाणपत्र तह डेन्टल साइन्स
 प्रमाणपत्र तह आयुर्वेदिक साइन्स
 डिप्लोमा इन फार्मेसी
 डिप्लोमा इन अप्थाल्मिक साइन्स (९ वटा)
 डिप्लोमा इन होमियोपेथी (एउटा कार्यक्रम)
 प्रमाणपत्र तह अक्युपन्चर, अकुप्रेसर, एन्ड मोक्सिबुसन
 प्रमाणपत्र तह फिजियोथेरापी
 प्रमाणपत्र तह डाइग्नोस्टिक रेडियोग्राफी
 डिप्लोमा इन योग एन्ड नेचुरोप्याथी
() हस्पिटालिटी तथा अन्य
 डिप्लोमा इन होटल म्यानेजमेन्ट
 डिप्लोमा इन सोसियल वर्क
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले डिप्लोमा÷प्रविणता प्रमाणपत्र तह र टीएसएलसी तहको व्यवस्था गरेको छ। यसरी सञ्चालित विषयमा स्वास्थ्य विज्ञान, इन्जिनियरिङ, कृषि र अन्य विषयहरु पर्दछन्। यो तीन वर्ष अवधि अध्ययन गर्नुपर्ने हुन्छ। परिषद्ले यो तहको कार्यक्रम स्वास्थ्य, इन्जिनियरिङ कृषि र अन्य विषयमा सञ्चालन गर्ने गरेको छ। कम खर्चिलो भएकाले यो तह निम्नस्तरका विद्यार्थीले बढी अध्ययन गर्ने गर्छन्। परिषद्ले सञ्चालन गरेको अधिकांश विषयले कामपछिको रोजगारीको महङ्कव बोकेको छ।

उच्च शिक्षा
विभिन्न विश्वविद्यालयको स्नातक तहमा सम्बन्धित विधाका विद्यार्थीले भर्ना हुन प्रतिस्पर्धा गर्न सकिने व्यवस्था रहेको छ।

प्राविधिक एसएलसी
१८ महिने
परिषद्का आंगिक प्राविधिक शिक्षा र सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाअन्तर्गत सञ्चालित १५ महिने र २९ महिने प्रा.एसएलसी र सम्बन्धन प्राप्त निजी शिक्षालय-कलेजहरुले १५ महिने प्रा.एसएलसी कोर्सहरु सञ्चालन गर्ने गरेकोमा पछिल्ला वर्षमा सबै शैक्षिक कार्यक्रमलाई १८ महिने कार्यक्रमको रुपमा परिमार्जन गरी सञ्चालन गरिएको छ। एसईई परीक्षामा जुनसुकै ग्रेड प्राप्त गरेका विद्यार्थीले पनि यस कार्यक्रममा भर्ना भई अध्ययन गर्न पाउने भएका छन्।

भर्नाका मापदण्ड

टीएसएलसीका सम्पूर्ण कार्यक्रमका लागि: एसएलसी वा एसईई मा जुनसुकै ग्रेड प्राप्त गरेको। प्रवीणता प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्य तर्फका सम्पूर्ण कार्यक्रमको लागि: एसएलसी वा एसईई परीक्षाको अंग्रेजी, गणित र विज्ञान विषयमा न्यूनतम सी ग्रेड र जीपीए २ अंक प्राप्त गरेको।
डिप्लोमा इन्जिनियरीङतर्फका सम्पूर्ण कार्यक्रमको लागि: विज्ञान र गणितमा न्यूनतम सी ग्रेड र अंग्रेजीमा न्यूनतम डी ˇ ग्रेड प्राप्त गरेको।

डिप्लोमा तहका कृषि फुड एन्ड डेरी टेक्नोलोजी र फरेस्टझी कार्यक्रमको लागि: अंग्रेजी गणित र विज्ञानमध्ये कुनै २ वटा विषयमा न्यूनतम सी ग्रेड र कुनै एकमा न्यूनतम डी ˇ ग्रेड प्राप्त गरेको। डिप्लोमा इन होटल म्यानेजमेन्ट ,इन्टरप्रेनरसिप डेभलपमेन्ट र सोसियल वर्कका लागि अंग्रेजी विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड प्राप्त गरेको। डिप्लोमा इन बायोमेडिकल इक्युपमेन्ट इन्जिनियरिङ(१८ महिने कार्यक्रमको लागि): विज्ञान विषय लिई कक्षा १२ उत्तीर्ण गरेको। प्राविधिक धारबाट इन्जिनियरिङ (सिभिल, इलेक्टिझकल र कम्प्युटर) मा एसएलसी वा एसईई उत्तीर्ण गर्न: सम्बन्धित विषय वा कार्यक्रममै भर्ना हुन चाहेमा जीपीए १.६ ल्याएको हुनुपर्ने।

इन्जिनियरीङ (सिभिल, इलेक्टिझकल र कम्प्युटर) भन्दा फरक विषय वा कार्यक्रममा भर्ना हुन चाहेमा साधारण धारको मापदण्ड पूरा हुनुपर्ने। प्राविधिक धारबाट कृषि (प्लान्ट साइन्स वा एनिमल साइन्स) मा एसएलसी वा एसईई उत्तीर्ण गर्न: सम्बन्धित विषय वा कार्यक्रममा कृषि (प्लान्ट साइन्स वा एनिमल साइन्स) मै भर्ना हुन चाहेमा जीपीए १.६ ल्याएको हुनुपर्ने। कृषि बाहेकका अन्य फरक विषय वा कार्यक्रममा भर्ना हुन चाहेमा साधारण धारको मापदण्ड पूरा गरेको हुनुपर्ने।

छात्रवृत्तिको व्यवस्था

कुनै पनि कोर्ष पूरा गर्दा प्रतिव्यक्ति औसतमा रु ३ लाख ५० हजारदेखि ५ लाखसम्म शुल्क लाग्ने गरेको भए पनि सीटीईभीटीले डिप्लोमा-प्रवीणता प्रमाणपत्र तहका सबै कार्यक्रमहरुमा जेहेन्दार, वर्गीकृत र निर्वाह छात्रवृत्तिको व्यवस्था गरेको छ। यसका साथै परिषद्बाट सञ्चालित आंगिक तथा सम्बन्धन प्राप्त संस्थाहरुमा सञ्चालित कार्यक्रममा अध्ययन गर्ने टीएसएलसी तहका विद्यार्थीका लागि समेत छात्रवृत्तिको व्यवस्था गरेको छ। जसअन्तर्गत जेहेन्दार (पूर्ण शुल्कीय ) छात्रवृत्ति वर्गीकृत निःशुल्क छात्रवृत्ति,(साधारण र लक्षित) र निर्वाह छात्रवृत्तिको व्यवस्था गरेको छ।सीटीईभीटीले डिप्लोमा तहका सबै कार्यक्रममा जेहेनदार र वर्गीकृत छात्रवृत्ति दिँदै आएको छ। एउटा संस्थाले भर्ना भएका विद्यार्थीमध्ये १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने व्यवस्था छ। यसअनुसार २० सिट कोटा भएको कार्यक्रममा दुईजना, ३० कोटाको ३ जना, ४० र ४० भन्दा माथिको कोटा पाउने संस्थाले ४ जना निःशुल्क पढाउनुपर्ने हुन्छ।

विशेष छात्रवृत्तिको व्यवस्था गरी दलित, मुस्लिम, विपन्न, लोपोन्मुख, अल्पसंख्यकलगायत सरकारले तोकेको लक्षित वर्गलाई निर्वाह भत्ता, यातायात र पोसाक खर्चसमेतको व्यवस्था गरी निःशुल्क प्रशिक्षणको व्यवस्था गर्दै आएको परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिनुभयो।त्यसैगरी, वर्गीकृत छात्रवृत्तिअन्तर्गत लक्षित वर्गमा अपांग, पूर्वकमैया, हलिया, पिछडिएको दुर्गम क्षेत्र, दलित, महिला, एकल महिला, सूचीकृत आदिवासी जनजाती र आर्थिक वा सामाजिकरुपमा विपन्न समूहलाई सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेकालाई छात्रवृत्ति दिइन्छ।

भर्ना क्षमता
सातै प्रदेशमा सबै विषय गरी कुल १ हजार १ सय ३ संख्यामा ४६ हजार ७२ जना रहेको छ। प्रमाणपत्र तह नर्सिङमा सातै प्रदेशका ११७ कार्यक्रममा ४ हजार ४ सय २० भर्ना क्षमता रहेको छ।

प्रमाणपत्र तह अप्थाल्मिक साइन्समा देशभर १२ कार्यक्रममा ४८० भर्ना क्षमता रहेको छ। प्रमाणपत्र जनरल मेडिसिनमा ७० कार्यक्रममा २ हजार ८१२,मेडिकल ल्याब टेक्नोलोजीमा ६५ कार्यक्रममा १९५०, डिप्लोमा इन फार्मेसीमा ५३ कार्यक्रममा २ हजार १२०, प्रमाणपत्र तह डायोग्नोस्टिक रेडियोग्राफीमा २८ कार्यक्रममा भर्ना क्षमता ८४० रहेको छ।

प्रमाणपत्र तह डेन्टल साइन्समा १४ कायक्रममा ५६०, प्रमाणपत्र तह आयुर्वेद ६ कार्यक्रममा भर्ना क्षमता २४०, प्रमाणपत्र तह अकुपन्चर अकुप्रेसर एन्ड मोक्सिबुसनमा एक कार्यक्रममा भर्ना क्षमता ४० , फिजियो थेरापीमा ३ कार्यक्रममा भर्ना क्षमता १२० , डिप्लोमा इन होमियोप्याथी एक कार्यक्रममा भर्ना क्षमता ४० रहेको छ। डिप्लोमा इन योग एन्ड नेचुरोप्याथी एक कार्यक्रममा भर्ना क्षमता ४० रहेको छ। इन्जिनियरिङ तर्फ डिप्लोमा इन सिभिल इन्जिनियरिङमा २०५ कार्यक्रममा भर्ना क्षमता ९ हजार ८३६, कम्प्युटरमा ४७ कार्यक्रममा भर्ना क्षमता २ हजार २५६, इलेक्टिझोनिक्समा ८ कार्यक्रममा भर्ना क्षमता ३८४, डिप्लोमा इन इलेक्टिझकल इन्जिनियरिङमा २९ कार्यक्रममा भर्ना क्षमता १३९२ भर्ना क्षमता छ।

जियोमेटिक्समा ३६ कार्यक्रममा १७२० भर्ना क्षमता छ। इलेक्टिझकल एन्ड इलेक्टझोनिक्स ३ कार्यक्रममा भर्ना क्षमता १४४, मेकानिकल इन्जिनियरिङमा १३ कार्यक्रममा भर्ना क्षमता ६००, अटोमोबाइल इन्जिनियरिङमा १९ कार्यक्रममा ९०४ भर्ना क्षमता छ। इन्फरमेसन टेक्नोलोजीमा २२ कार्यक्रममा १०३२ भर्ना क्षमता, आर्किटेक्चर इन्जिनियरिङमा ९ कार्यक्रममा ४३२ भर्ना क्षमता, बायोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङमा एक कार्यक्रममा २४ भर्ना क्षमता, रेफ्रिजेरेसन एन्ड एअरकन्डिसनिङमा ३ कार्यक्रममा १४४ भर्ना क्षमता, डिप्लोमा इन मेकाटोनिक्स इन्जिनियरिङमा एक कार्यक्रममा ४८ भर्ना क्षमता, डिप्लोमा इन एग्रो इन्जिनियरिङ २ कार्यक्रममा ९६ भर्ना क्षमता रहेको छ।

कृषितर्फ डिप्लोर्मा इन एग्रिकल्चर एनिमल साइन्स ८२ कार्यक्रममा ३२८० भर्ना क्षमता रहेको छ, डिप्लोमा ईन एग्रिकल्चर प्लान्ट साइन्स १७८ कार्यक्रममा ७१२० भर्ना क्षमता, डिप्लोमा इन फुड एन्ड डेरी टेक्नोलोजी ६ कार्यक्रममा २४० भर्ना क्षमता रहेको छ। हस्पिटालिटी तथा अन्यतर्फ डिप्लोमा इन होटल म्यानेजमेन्ट १३ कार्यक्रममा ५२० भर्ना क्षमता, डिप्लोमा इन फरेस्टीमा ४७ कार्यक्रममा भर्ना क्षमता१८८०, डिप्लोमा इन सोसल वर्क एक कार्यक्रममा भर्ना क्षमता ४० रहेको छ। डिप्लोमा इन इन्टरप्रेनरसिप डेभलपमेन्ट एक कार्यक्रममा ४० भर्ना क्षमता रहेको छ। यसवर्ष कार्यक्रम, भर्ना क्षमता र शिक्षालयको संख्या थपघट हुनसक्ने सीटीईभीटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्