प्रोफाइल



प्रसाद श्रेष्ठ

शिक्षा क्षेत्रमा नयाँ आयाम थप्नका लागि २०३७ सालमा स्थापना भएको रक्तकाली एजुकेसन फाउन्डेसनले २०५४ सालमा -वाइटफिल्ड माविको स्थापना गरेको हो। यस परिषद्अतर्गत -वाइटफिल्ड इन्टरनेसनल कलेजसँगै -वाइटफिल्ड मावि, -वाइटफिल्ड स्राइन प्रि-स्कुल, ब्रुकफिल्ड ऐकेडेमी, सेन्टझल कलेज स्थापना गरी शिक्षा क्षेत्रमा योगदान गर्दै आएको छ।

काठमाडौंको नयाँबजारमा रहेको यस -वाइटफिल्ड मावि इन्टरनेसनल कलेजले नेपाली शिक्षा क्षेत्रमा जिम्मेवारी भूमिका निर्वाह गर्दै २५ वर्षमा सफलताका साथ सञ्चालन भइरहेको छ। यस कलेजमा उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र मानविकी संकायसँगै त्रिभुवन विश्वविद्यालयबाट सम्बन्ध प्राप्त गरी व्यवस्थापन संकायमा स्नातक तहअन्तर्गत बीसीए र बीबीए तह सञ्चालित छ। शैक्षिक क्षेत्रमा अग्रणी भूमिका राख्दै मावि (प्लस टु) बोर्ड प्रथमसँगै उच्च नतिजा ल्याउन सफल भइरहको छ।

विद्यार्थीको शैक्षिक गुणस्तरलाई उच्च राख्न टोटल क्वालिटी म्यानेजमेन्ट (टीक्यूएम) शिक्षा प्रणाली, प्रोजेक्ट वर्क शिक्षाण माध्यम साथै अन्तर्राष्टिझय व्यवसायिक शिक्षा प्रदान गर्ने हुँदा, राष्टिझय तथा अन्तराष्ट्रियस्तरमा यहाँ अध्ययन गरेका विद्यार्थीहरु सफलता हासिल गर्दै आइरहेका छन्। यसका साथै विभिन्न विज्ञहरुबाट व्यक्तित्व विकाश कार्यक्रम (पीडीपी) र क्यारियर विकास कार्यक्रम (सीडीपी) यस -वाइटफिल्ड कलेजको नियमित कार्यक्रमका रुपमा लिन सकिन्छ।

यस कलेजमा विज्ञान संकायअन्र्तगत फिजिक्स, क्यामेस्टझी, बायोेलोजी, बेसिक म्याथ र कम्प्युटर कक्षा अध्यापन गराइन्छ। व्यवस्थापन संकायअन्तर्गत प्रिन्सिपल अफएकाउन्टिध्र, इकोनोमिक्स, बिजनेस स्टडिज, टुरिजम होटल मेनेजमेन्ट, कम्प्युटर साइन्स अध्यापन गराइन्छ। कानुनी संकायअन्तर्गत  jurispudence and legal  theories  procedural law, constitutional law and general law जस्ता विषयहरु अध्यापन गराइन्छ।

यस कलेजमा विद्यार्थीको शैक्षिकस्तर कायम राखिराख्नका लागि लगनशील तथा जेहेनदार विद्यार्थीलाई भर्ना तथा मासिक शुल्कमा छात्रवृत्ति प्रदान गरी शैक्षिक उत्प्रेरणा प्रदान गर्दै आएको छ भने आर्थिकस्तर कमजोर, पीछडिएका वर्ग तथा समुदाय र दुर्गम स्थानलाई मध्यनजर गरी ५० भन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ। शैक्षिक गुणस्तरको साथसाथै विद्यार्थीको संगठन स्टुडेन्ट काउन्सिल संगठनको अग्रसरमा विभिन्न सामाजिक उत्तर दायित्वका रुपमा प्राकृतिक प्रकोपबाट बच्ने उपायको जनचेतना, वातावरण संरक्षणसम्बन्धी जनचेतना तथा प्राकृतिक प्रकोप पीडितलाई सहयोग लगायत अन्य धेरै कार्यक्रम सञ्चालित छन्।

कलेजमा शिक्षाको साथसाथै अतिरिक्त क्रियाकलापमा राष्ट्रियस्तरका प्रशिक्षकबाट प्रशिक्षण गराउने भएकाले यस कलेजमा अध्ययनरत विद्यार्थीलाई राष्ट्रियस्तरको खेलाडीका रुपमा स्थापित हुने अवसरका रुपमा पनि हेर्न सकिन्छ।वैज्ञानिक व्यवस्थापन प्रणाली, अनुभवी शिक्षक-शिक्षिका, टीक्यूएम तथा प्रोजक्ट आधारित शिक्षा प्रणाली, अन्तराष्ट्रिय व्यावसायिक शिक्षा, अन्तराष्ट्रियस्तरको शैक्षिक पूर्वाधार, आधुनिक पुस्तकालय, आधुनिक विज्ञान प्रयोगशाला साथै कारखाना, कम्प्युटर प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला, यातायातको व्यवस्थापन, स्वस्थ र सफ क्याफेटेरिया, अतिरिक्त क्रियाकलापका लागि आवश्यकताअनुसारको मैदान यस -वाइटफिल्ड कलेजको विशेषता हुन्। -वाइटफिल्ड विद्यालय तथा कलेजको आफ्नै भवन र स्रोतसाधन भएको हुँदा यस कलेजले न्यून शुल्कमा पनि गुणस्तर शिक्षा प्रदान गर्न सफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्