हास्यव्यग्य पर्व मनाइने



गाईजात्रा र त्यसको आसपासमा काठमाडौं उपत्यकामा हराउँदै गएको हास्यव्यंग्यको प्रस्तुतिलाई सम्झाउने गरी झीगु सः तथा सुकुन्दा फिल्मस्ले संयुक्त रुपमा ख्यालि नखः (हास्यव्यंग्य पर्व) मनाउने भएको छ।

नेपाल र नेपाली भाषाका गीतसंगीत क्षेत्रमा लोकप्रिय कलाकारहरुको प्रस्तुतिका साथमा आगामी भदौ ४ गते शनिबार ज्यापू प्रज्ञाभवनमा सो पर्व मनाउने लागिएको हो।

झीगु सःका संरक्षण एवं पत्रकार विजयरत्न तुलाधरले सो कार्यक्रमबाट उठेको रकम गायक तथा संगीतकार सुमन कपालीलाई उपचारको सहयोगमा खर्चिने बताए ।

प्रतिक्रिया दिनुहोस्