चार नेताद्वारा राप्रपा परित्याग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चारजना नेताले पार्टी परित्याग गरेका छन् । आज (मंगलबार) उनीहरुले एक विञप्ति जारी गर्दै साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला राप्रपाका चारजना नेताले पार्टी परित्याग गरेका छन् । पार्टी परित्याग गर्नेहरूमा दिलनाथ गिरी, श्याम तिमल्सिना, केशवराज श्रेष्ठ र दिलविकास राजभण्डारी रहेका छन् । उनीहरु चारैजनाले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपाको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

चार नेतालाई यसअघि पार्टीले स्पष्टीकरण सोधेको थियो । उनीहरूले राप्रपाभित्र आन्तरिक प्रजातन्त्रको चीरहरण भएको भएको, सर्वसत्तावाद र अहङ्कार मौलाएको, विधि विधानको धज्जी उडिरहेको भन्दै यस्तो अवस्थामा अपमानित र निरीह भएर पार्टीभित्र रहन नसक्ने भन्दै उनीहरुले पार्टी परित्याग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्