बाख्रा पालक कृषकलाई अनुदान



स्याङ्जा ।

जिल्लाको भीरकोटमा बाख्रा ब्लक कार्यक्रम अन्तर्गत ३५ लाख बराबरको अनुदान कृषकहरुलाई वितरण गरिएको छ । गण्डकी प्रदेश सरकार मार्फ़त भेटेनटी केन्द्र पशु शाखा स्याङ्जाको अनुदानमा खोर सुधार, बिउ बोका वितरण, औषधी वितरण र घॉस वितरण गरेको छ ।

स्थानीय शान्तिथुम कृषि तथा पशुपंक्षी फर्म मार्फ़त ६५ जना कृषकहरुलाई अनुदान वितरण गरिएको अध्यक्ष खनबहादुर बस्नेतले बताए । ९ वटै वडामा १० लाख बराबरको बोका, २० लाख १० हजार खोर सुधारका लागि र ३ लाख बराबरको घास वितरण गरिएको बस्नेतले बताए ।

अनुदान वितरण गर्दै भीरकोट नगर उपप्रमुख भगवती रेग्मी अर्यालले अनुदान रक़म जीवनस्तरको गर्जो टर्ने मात्र नभै कृषकहरुलाई व्यावसायिक बनाउन समेत उपयोगी हुने बताईन् ।

अनुदान वितरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भूसाल, नगर प्रवक्ता दीपेन्द्र केसी, भेटेनरी केन्द्र स्यांगजाका प्रतिनिधि पुरुषोत्तम कोईराला, भीरकोट बाख्रा महासंघका अध्यक्ष भुवन मल्ल लगायतले कृषकहरुलाई व्यावसायिकता तर्फ उन्मुख गर्न यो अनुदान रक़म वितरण गरिएको बताए ।

पछिल्लो समय भीरकोटमा बाख्रा पालनमा युवाहरुको आकर्षण बढ्दो छ । बाख्रा पालन मा खासगरी घाँस र खोर ब्यवस्थापन नै महत्त्वपूर्ण हुने बताउँछन ब्यवसायी भुवन मल्ल। बाख्रा पालनको सोच बनाउनु निकै राम्रो कुरा हो । बाख्रा पालन सुरु गर्नुभन्दा छ महिना पहिला नै घाँस लगाउने सल्लाह दिन्छन मल्ल ।

भीरकोटको सबै भुभाग बाख्रा पालनको लागि उपयुक्त छ भने खास गरी ग्रामिण भेग अझै उपयुक्त मानिन्छ ।

सम्बन्धित ज्ञान् भए पुग्ने र ठूलो लगानी आवश्यक नपर्ने र शैक्षिक ज्ञान कम भएकाले पनि यो पेशा सहजै गर्न सक्ने भएकाले आकर्षण बढ्दै गएको हो ।

सरकारले व्यावसायिक बाख्रा पालनको लागि खोर सुधार लगायत विभिन्न शिर्षकमा अनुदान दिदै आएको छ ।

बाख्रा पालनमा आज लगानी गरेर भोलि नै प्रतिफल खोज्न नमिल्ने बताउछन् व्यवसायी मल्ल।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्