भिभो वाई २० को मूल्य घट्यो



काठमाडौ‌ ।

भिभोले आफ्नो प्राविधिक र नवीन उत्पादनमार्फत् प्रयोगकर्ताको जीवनशैलीलाई अभिवृद्धि गर्न निरन्तर विकास गर्दै आइरहेको छ ।

भिभोले आफ्ना उत्पादन सबैका लागि पहुँचयोग्य बनाउन ग्राहकहरूलाई समय–समयमा विभिन्न अफरहरू र चाडपर्व सेल्सहरू प्रदान गर्ने गरेको छ ।

ग्राहकको आवश्यकता पूरा गर्दै, भिभोले हालै आफ्नो वाई सिरिजको स्मार्टफोन, वाई २० सिरिजको ४जीबी प्लस ६४ जीबी भेरियन्टमा १हजार ८ सयले मूल्य घटाएको छ । यो स्मार्टफोनको नयाँ मूल्य २० हजार ९९९ रहेको छ । सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन खोजिरहेका ग्राहकले अब स्लिम र ट्रेन्डी वाई २० खरिद गरेर भिभोको उत्कृष्ट विशेषता र प्रविधिको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ ।

वाई २० मा १३ एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा भएको एआई ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ । अपग्रेड गरिएको बोकेह टेक्नोलोजीसँग सुसज्जित, २ एमपी बोकेह क्यामेराबाट प्रयोगकर्ताले स्टुडियो गुणस्तरको तस्वीरहरू खिच्न सक्ने कम्पनीले जनाएको छ । वाई २० मा फेस ब्युटी, पोट्र्रेट लाइट इफेक्ट, पीडीए टेक्नोलोजी र फिल्टरलगायत धेरै क्यामेरा विशेषता पनि छन् ।

प्रतिक्रिया दिनुहोस्