छाउपडीविरुद्ध लीलु



नेपालले छाउपडीलाई गैरकानुनी घोषणा गरे पनि व्यवहारमा त्यो लागू हुन सकेको छैन।नयाँ कानुनले यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरे पनि सुदूरपश्चिमका जिल्लाका कतिपय गाउँघरमा यो प्रथा अभैm कायमै छ।

यसै विषयलाई लिएर एलपी शर्मा र गौरव गिरीको टिमले एउटा गीतिकथा तयार पारी सार्वजनिक गरेको छ। लिलु अछामसहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाका रुपमा रहेको छाउपडी प्रथाको कथामा देउडा गीतीकथा तयार पारी सार्वजनिक गरिएको हो। जसमा गीतकी मुख्य पात्र लिलुले पहिलोपटक आफू छाउ भएको सपना देख्छिन्।

दोश्रो दिन उनी स्कुल जाँदा आपनो साथीलाई सो कुरा सुनाउँछिन्। बाटोमा मन्दिरलाई ढोग्न खोज्दा उनकी साथीले छाउको समयमा मन्दिरमा ढोग्न नहुने बताउँछिन्। त्यसै क्रममा लिलुले आफूलाई गाँस, कपास दिए पनि बास नदिएको कुरा गीतमा व्यक्त गर्छिन्।

एक्लै डर लाग्छ बुवा मलाई रामा साथ दिया भन्दै गीतमै बिलौना गर्छिन्। उनकी आमाले वर्ष, महिना त गयो ४ दिन त यत्तिकै जान्छ, तँलाई केही हुँदैन भन्दै सम्झाउन खोज्छिन्। तर, ती चेली छाउ बस्दा बलात्कृत हुन पुग्छिन्। अन्तमा उनको मृत्यु हुन्छ। गीतमा एलपी. शर्मा र गौरव गिरीको शब्द छ भने पूजा देवकोटा, रेखा जोशी, गौरी भट्ट र रोहित देउवाले गाएका छन, संगीत रोहित देउवाले भरेका छन्।

रोशनी कार्की, पूजा देवकोटा, लक्ष्मी प्रसाद शर्मा, भंग जंग कुँवर, मुकेश सुनार, इब्सु सञ्ज्याल र पशुपति कुँवरले अभिनय गरेको गीतको म्युजिक भिडियो गौरबवगिरीले निर्देशन गरेका छन्।राजानीमा आइतबार आयोजित कार्यक्रममा सार्वजनिक लिलु गीतबारे प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले छाउपडी प्रथा रोक्नका लागि सरकारी तबरबाटै जोड गर्नुपर्ने जनाउँदै नेपाली समाजमा अझै पनि छोरा र छोरी बीचको भेदभाव रहेकाले दुवैलाई समानरूपमा लिन सबैले आफ्नो घरबाट सुरुवात
गर्नुपर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्