प्रदर्शनीमा क्यारिचेर कार्टुन



नेपाली समाजका विभिन्न क्षेत्रमा योगदान पु-याएका व्यक्तित्वका क्यारिकेचरको कार्टुन प्रदर्शन गर्दै राजधानीमा तीन दिने नेपाली क्यारिकेचर २०७९ प्रदर्शनी चलिरहेको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग र कार्टुनिस्ट क्लब अफ नेपालको संयुक्त आयोजनामा नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबार सुरु भएको प्रदर्शनीको प्रतिष्ठानका कुलपति केके कर्माचार्यले शुभारम्भ गरेका थिए। प्रदर्शनीमा अशोकमान सिं, वासु क्षितिज, अविन श्रेष्ठ, जीवन राजोपाध्याय, देवेन्द्र थुम्केली, रविन्द्र मानन्धर, केशवराज खनाल, योगेश खपाङ्गी, राजेश मानन्धर, सागर शाह, भानु भट्टराई, महेश बस्ताकोटी, रवि मिश्र, रामकृष्ण थापा, उमेशचन्द्र अधिकारी, दीपक गौतम, सानुराज डंगोल, अकृन अधिकारी, सुजिता महर्जन, रमिला महर्जन, एनबि गुरुङ, पल्पसा मानन्धर, प्रकाश थापा प्रथा, एलिना पोखरेल, असिना भण्डारी र अर्पिता शाक्यले कला, साहित्य, खेलकुद, फिल्म, व्यापारलगायतका क्षेत्रमा योगदान पु-याउँदै आएका विभिन्न व्यक्तित्वका क्यारिकेचर राखिएको छ। प्रदर्शनीमा वामन चालिसे, विश्व थापा, सुदर्शन सिग्देल, चाँदनी जोशी, दिव्या श्रेष्ठ, ज्योत्स्ना उदास, कीर्ति तिमिल्सेना, मनरा प्रजापति, निरुपा राजभण्डारी, प्रतिमा चौधरी, रामहरि रिमाल, राजकी अर्याल, सदीश्री थापा, सोना नेपाली, सुश्रीना शाक्य, स्वस्तिका बलामीलगायतका कलाकारले बनाएका क्यारिकेचर पनि राखिएको छ।

समारोहमा कुलपति कर्माचार्यले कार्टुन, पत्रकारितासँगै कलामा समेत क्यारिकेचरको विशिष्ट महत्व रहेको चर्चा गर्दै यसलाई अझै समृद्ध गर्नुपर्नेमा जोड दिए। प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपालमा कार्टुनसँगै क्यारिकेचरको महत्व र आवश्यकता बढ्दै गइरहेको चर्चा गर्दै समाजसँग सिधै संवाद गर्न सक्ने विधाको रूपमा कार्टुनलाई लिइने गरेकोले यसलाई अझ कलात्मक ढंगले अघि बढाउनुपर्नेमा जोड दिए।

प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभागका प्रमुख प्राज्ञ रमेशनाथ खनालले कार्टुन–क्यारिकेचर कला विधामा महिला कलाकारलाई प्रश्रय दिने उद्देश्यले गत पुस २८–३० गतेसम्म महिला कलाकार सहभागी गराएर क्यारिकेचर कार्यशाला गरेको जनाए। खनालले कसैको मुहारलाई हुबहु उतारेर अतिरञ्जना गर्नु नै क्यारिकेचर भएको जनाउँदै यसमा हास्य र व्यंग्य हुनुपर्नेमा जोड दिए। ‘क्यारिकेचर, कार्टुनभन्दा फरक छ। योचाहिँ राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा ख्यातिप्राप्त व्यक्तित्वलाई छुट्टै विधाबाट चिनाउन मुहारमाथि अतिरञ्जना गर्दै बनाइन्छ’ उनले प्रष्ट्याए।

क्लबका अध्यक्ष वासु क्षितिजले पत्रकारिता र कलाकारितामा क्यारिकेचरको महŒव विशिष्ट रहेको चर्चा गर्दै क्यारिकेचर अर्थात् अनुहारको व्यंग्यात्मक हाउभाउ व्यंग्यचित्रको अर्को पाटो भएको तथा रङ र रेखाद्वारा व्यक्तिको भावसहितको बढाइचढाइ अर्थात् अतिरञ्जना गरिएको चित्रको रूपमा समेत क्यारिकेचरलाई बुझिने बताए।

‘प्रतिष्ठान र क्लबले २०७४ सालदेखि नियमित रुपमा क्यारिकेचर प्रदर्शनी गर्दै आइरहेको छ। कोरोना कहरका कारण केही असजिलो भए पनि नेपालमा क्यारिकेचरप्रति कलाकार र दर्शकको अभिरुचिलाई ध्यानमा राखेर यो प्रदर्शनी गरिएको हो’ वासुले भने। उनका अनुसार प्रदर्शनीमा ४२ कलाकारले बनाएका चार दर्जन बढी क्यारिकेचर राखिएको छ। क्लबका निवर्तमान अध्यक्ष अविन श्रेष्ठले क्यारिकेचर प्रदर्शनीमार्फत समाजका विशिष्ट व्यक्तित्वलाई चिनाउन खोजिएको बताए।

नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले क्यारिकेचर कार्टुनसँगै पत्रकारिता र कलाक्षेत्रमा समेत उत्तिकै महŒवपूर्ण रहेको विचार व्यक्त गरे। ‘प्रदर्शनीमा राखिएका क्यारिकेचरबाट नेपालको वर्तमान अवस्थालाई समेत बुझ्न सकिन्छ’ उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्