‘भानुभक्तको जीवनी’ प्रवचन गरि २०९औँ भानुजयन्ती मनाइने



काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती मनाइने भएको छ । आदिकविको जन्मजयन्तीको अवसर पारेर उनको जीवनी प्रवचन तथा रचना वाचन गरिने नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।

भोलि (सोमबार) प्रतिष्ठानको भवनमा उनको जीवनी प्रवचन र नयाँ पुस्ताका रचना वाचान गरि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्ती मनाइने भएको छ । सोही अवसरमा सबैको उपस्थितिका लागि प्रतिष्ठानले आसदर अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्