पवनदीप र अरूनीताले गाए नेपाली गीत



संगीतकार शिखर सन्तोषको संगीतमा इन्डियन आइडल विजेता पवनदीपले नेपाली गीतमा पहिलो पटक स्वर दिएका छन्। उनले गीतकार तथा कवि आनन्द अधिकारीको शब्दमा नेपाली गीत गाएका हुन्।

गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका छन्। गीत हालै मुम्बई रेकर्ड गरिएको संगीतकार सन्तोषले बताए। गीत म्युजिक नेपालबाट सार्वजनिक हुनेछ। नेपाली बजारलाई ध्यानमा राखेर तयार गरिएको गीतमा अरुनिताको पनि स्वर छ। अरुनिताले पनि पहिलोपटक नेपाली गीत गाएकी हुन्।

पवनदीप र अरुनिता दुबैको स्वर रहेको गीतले नेपाली संगीतिक बजारमा राम्रो चर्चा पाउने अपेक्षा संगीतकार सन्तोषको रहेको छ। गीतको रचनाकार एसपी सापकोटा हरुन्। शिखर सन्तोषले यसअघि प्रख्यात भारतिय गायिका लता मंगेस्करको नेपाली गित बाँचुन्जेलीलाईमा समेत संगीत भरेका थिए।

प्रतिक्रिया दिनुहोस्