प्रदेश १ मा परिणाममुखी बजेट आएको छ : स्वास्थ्यमन्त्री यादव



काठमाडौँ ।

प्रदेश १ स्वास्थ्य तथा जनसंख्यामन्त्री जयनन्द यादवले प्रदेश सरकारले स्वास्थ्यमा परिणाममुखी बजेट विनियोजन गरेको दावी गरेका छन् ।

प्रदेश १ स्वास्थ्य निर्देशनालय र स्वास्थ्य पत्रकार मञ्च नेपालले विराटनगरमा आयोजना गरेको प्रदेश स्वास्थ्य समिक्षा कार्यक्रममा बोल्दै मन्त्री यादवले बजेट जथाभावि छर्ने काम नगरेको बताए । ‘आवश्यक ठाउको लागि वजेट विनियोजन भएको छ ।’ उनले भने ‘परिणाम मुखी बजेट सरकारले ल्याएको छ ।’

प्रदेश १ सरकारको कुल बजेटको ९ प्रतिशत वजेट स्वास्थ्य क्षेत्रलाई छुट्याएको उनले जानकारी दिए । ‘स्वास्थ्यमा भण्डै ४ अर्व बजेट विनियोजन भएको छ ।’ उनले भने ‘यो प्रदेश १ सरकारको कुल बजेटको ९ प्रतिशत हो ।’

केन्द्रिय सरकारले यस वर्ष ५ दशमलव ५ प्रतिशत मात्र बजेट स्वास्थ्यमा विनियोजन गरेको छ ।

प्रदेश १ को स्वास्थ्य सेवा सुधार गर्न स्थानीय तहका हरेक वडामा स्वास्थ्यचौकि देखी आवश्यक स्थानमा वर्थिङ्ग सेन्टर स्थापना भइरहेको बताए । उनले सरकारले उपलब्ध गराउने निशुल्क स्वास्थ्य सेवा जनतालाई थाहा नै नभएको र त्यस विषयमा जनचेतना जगाउनुपर्नेमा जोड दिए ।

मन्त्रालयका सचिव डा अनुज भट्टचनले प्रदेश १ सरकारले जनशक्ती व्यवस्थापनमा चुनौती भोगिरहेको बताए । जनशक्ती यवस्थापनको लागि संगठन व्यवस्थापन सर्भेक्षण गरी अगाडी बड्ने जानकारी दिए ।

प्रदेश १ स्वास्थ्यनीति, ७ वर्षे रणनीति लगायतका कानुन बनाउने चरणमा रहेको समेत जानकारी दिए । ‘प्रदेश स्वास्थ्य मन्त्रालय नयाँ संरचना हो ।’ उनले भने ‘हामी मन्त्री सचिव नै पहिलो नेतृत्व हो, ऐन नियम कानुन नै छैनन् त्यसमा काम गरीरहेका छौ ।’ नीतिगत कामसंगै सेवा प्रबाहको काममा अगाडि बढीरहेको बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञान बहादुर बस्नेतले प्रदेश सरकारले गरेका काम र बन्ने नीतिगत सुधारका लागि कार्यक्रम आयोजना गरीएको बताए ।प्रदेश स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा शुरेश मेहताले नीति तथा कार्यक्रमहरु जनमुखी र जनतालाई केन्द्रमा राखेर बनाइने बताए ।

पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लिलाबल्लभ घिमिरेले पछिल्लो समय विट पत्रकारीताले व्यवसायिक पत्रकारीतालाई जोगाइरहेको बताए । उनले विट पत्रकारीतालाई प्रोत्साहन गर्न सरकारले क्षमता अभिवृद्धीमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य पत्रकार मञ्चका उपाध्यक्ष सरोज ढुंगेलले स्वास्थ्य पत्रकारीता प्राविधिक विषय बढी भएको हुँदा हतारको समाचार संप्रेसण गर्न नहुने बताए । स्थानीय देखी केन्द्रिय सरकारको प्राथमिकता स्वास्थ्य पर्दै गएको बताए ।

मञ्चका महासचिव भिषा काफ्लेले स्वास्थ्य क्षेत्रका नीति नियम बन्दा देखी नै स्वार्थ समुहको हावीहुने गरेको बताए । उनले प्रदेश १ सरकारका स्वास्थ्यका नीति , रणनीति , कानुन बन्ने चरणमा रहेको हुदा सञ्चारकर्मीले विशेष चासो दिएर समचार संप्रेसण गर्ने समय भएको बताएको स्वासथ्य पत्रकार मञ्चले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्