काठमाडौं उपत्यकामा दिउँसै चोरी गर्ने ६जना पक्राउ



काठमाडौं ।

प्रहरीले काठमाडौं उपत्यकाका विभिन्‍न क्षेत्रमा दिउँसै चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई विभिन्‍न स्थानबाट चोरी गरेको आरोपमा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१० बस्‍दै आएका ४७ वर्षीय अमितबहादुर श्रेष्ठ, नुवाकोटको विदुर नगरपालिका गेर्खु घर भई हाल फर्पिङ बस्‍ने ४३ वर्षीय बुद्धविर तामाङ, रामेछापको शैलुङ दोरम्बा गाउँपालिका(४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका -४ बस्‍ने १९ वर्षीय निरज थापा मगर रहेका छन् ।

यस्तै रामेछापको शैलुङ दोरम्बा गाउँपालिका(४ घर भइ हाल काठमाडौं महानगरपालिका(४ बस्‍ने २० वर्षीय विशाल थापा मगर र बागलुङ नगरपालिका(७ घर भई हाल काठमाडौं महानगरपालिका( ४ बस्‍दै आएका ३० वर्षीय सचिन विश्‍वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको साथबाट प्रहरीले १७ थान विभिन्न कम्पनीका मोबाइल, ३ थान सिक्री, २ थान ब्रासलेट, ७ थान औठी, २ थान लकेट, १ थान पहेलो सुनको सिक्री, ८९ हजार नगद र २२० सीसीको निलो पल्सर बाइकसमेत बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्