सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



काठमाडौँ ।

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार एक हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी बिहीबार चाँदीको मूल्य बढेको छ। चाँदी आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्