बुढीगंगामा मतदान जारी



काठमाडौं ।

बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको पुनः मतदान जारी छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई रद्द गरेर आज मतदान गरिएको हो ।

नगरपालिकाका १० वटै वडाका १० मतदानस्थल तथा १९ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुन मतदान भइरहेको छ । सबै मतदानस्थलमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । सेना, सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्