भारत हार्नुमा विराट दोषी



नयाँदिल्ली, (एजेन्सी) । 

हातमा आयो, तर मुखमा परेन । भारतीय टोलीको लागि बर्मिङघम टेस्टमा यस्तै भयो । खेल दौडान भारत जितको हकदार थियो । भारतले राम्रो खेलको थियो । भारतको पार्टी भताभुंग गरिदियो इंग्ल्यान्डले । इंग्ल्यान्डका जोनी बेयरस्टो र जोए रुटले भारतको योजना पूरै विफल तुल्याइदिए । टोली हार्नुमा भारतीय पूर्व कप्तान विराट कोहलीलाई दोषी तुल्याएको छ ।

विराटले इंग्ल्यान्डविरुद्धको पाँचौँ तथा निर्णायक टेस्टमा खासै रन बनाउन सकेनन् । दुवै इनिङमा उनी फ्लप भएका थिए । यसमा कुनै हैरानी पनि छैन कि विराटले रन नबनाउनुमा । विराटले करिब तीन वर्षदेखि यस्तै विफल ब्याटिङ गरिरहेका छन् । उनी कप्तान हुँदा उनको ब्याटबाट रन बर्सने गथ्र्यो, त्यो प्रदर्शन अहिले भएकै छैन ।विराटले सधैँ भन्छन् कि उनी स्वयम्लाई उत्कृष्ट मानेर क्रिकेट खेल्ने गर्छन् । उनको प्रदर्शनले उनलाई लामो समयसम्म उत्कृष्ट

सावित गरेका पनि थिए । तर, २३ नोभेम्बर २०१९ मा उनले शतक प्रहार गरेपछि भने विराटले अर्को शतक प्रहार गर्न सकेका छैनन् । यसपछि १८ टेस्टमा २७.२५ को औसतसहित केवल ८ सय ७२ रन बनाए उनले । उत्कृष्टको कुरा छोडाँै, उनले विश्वभरिमा सबैभन्दा धेरै रन बनाउने ब्याटरको सूचीमा शीर्ष ३० मा पनि आफूलाई सूचित गर्न सकेनन् । उनी यो सूचीमा ३४औं स्थानमा रहेका थिए । केवल भारतीय ब्याटरको कुरा गर्ने हो भने उनी यो सूचीमा चौथो स्थानमा रहेका छन् ।

यस्तो प्रदर्शन गरे पनि विराटलाई टोलीमा राखिरहेको छ । यसमा सबैले आश्चर्य मानेका छन् कि उनलाई किन टोलीमा राखिरहेको हो । कोहीले त यस्तो साधारण प्रदर्शन गर्ने विराटलाई प्लेइङ ११ मा राखेर अन्य खेलाडीमाथि अन्याय गरेको भनेर टिप्पणी पनि गरिसकेका छन् । यसको जवाफ विराटले दिने छैनन्, तर छनोटकर्ताले यसमा ध्यान दिनुपर्ने हो ।

विराट खेलाडीलाई टोलीबाट हटाउन र प्लेइङ–११ मा परिवर्तन गर्न निकै चतुर भएको पनि भनिन्छ । उनले ६८ टेस्ट खेलमा भारतीय टोलीको कप्तानी गरेका थिए । ६४ खेलमा उनले प्लेइङ ११ मा परिवर्तन गरेका थिए । उनको कप्तानीमा ४१ खेलाडीले टेस्ट खेलेका छन् । यसमा चार खेलाडीलाई केवल १–१ खेल खेल्न मौका दिइयो । ५ खेलाडीलाई २–२ टेस्टमा खेल्न दिइयो भने ९ खेलाडीले केवल ३ देखि ५ टेस्टमा अवसर पाएका थिए । कप्तान हुँदा विराटले परिवर्तनको पछाडि टोलीको हितको तर्क दिने गर्थे । यो तर्क विराटमाथि किन नलागेको भनेर औँला उठाइएको छ ।

तेहेरो शतक बनाउने बाहिर

कर्नाटकका ब्याटर करुण नायरले २०१६ मा इंग्ल्यान्डविरुद्ध तेहेरो शतक प्रहार गरेका थिए । वीरेन्द्र सहवागपछि यो उपलब्धि हासिल गर्ने नायर भारतको दोस्रो खेलाडी थिए । यसको बाबजुद जब भारतीय टोली अर्को टेस्ट खेल खेल्न लाग्दा प्लेइङ ११ मा नायरलाई स्थान दिइएन । कप्तान विराटले तेहेरो शतक प्रहार गरेका नायरलाई टोलीबाट हटाइदिएका थिए । तर, अहिले विराटले एक पनि शतक प्रहार गर्न सकेका छैनन्, फेरि पनि उनी खेलिरहेका छन् ।

कप्तानमा रन बनाए

विराटको रेकर्डमा दृष्टि जमाउने हो भने यो स्पष्ट हुन्छ कि उनले उत्कृष्ट खेल टोलीको कप्तान हुँदा नै दिए । उनले कप्तान हुँदा ६८ टेस्टमा १ सय १३ इनिङमा ५४.८० को औसतसहित ५ हजार ८ सय ६४ रन बनाएका थिए । कप्तान छाडेपछि उनको औसत राम्रो भएन । उनले अहिलेसम्म ३४ टेस्ट खेलेका छन् र ६० इनिङमा उनले ३९.४६ औसतसहित केवल २ हजार २ सय १० रन बनाए । शतक केवल ७ वटा रहेका छन् । अब यो पनि चर्चा छ कि विराटले कप्तान बने मात्रै फेरि रन बनाउनेछन् । यसका लागि कप्तान बनाउने हो कि भनेर पनि भनिरहेका छन् ।

खेलमा अब्बल, ट्रफी जित्न विफल

विराटले कप्तानीमा हरेक निर्णयलाई डिफेन्ड गर्न सकेका थिए । किनभने उनको नेतृत्वमा भारतीय टोलीले खेल धेरै जितेको थियो । विराटको कप्तानीमा ६८ टेस्टमा ४० टेस्ट जितेको थियो । कोही पनि कप्तानको तुलनामा यो धेरै जितसंख्या हो, तर ट्रफी जित्ने मामिलामा भने विफल भएको थियो । वानडे र टी २० मा पनि कुनै पनि विश्वकप जित्न सकेको छैन । वल्र्ड टेस्ट च्याम्पियनसिप जित्ने मौका पनि गुमाएको थियो । न्युजिल्यान्डविरुद्ध वल्र्ड टेस्ट च्याम्पियनसिपमा भारतले सजिलै ड्र गर्न सक्थ्यो, तर गैर किसिमको आक्रामकता टोलीमाथि भारी पडेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्