हवाई भाडा बढ्यो



काठमाडौं ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट सबैभन्दा टाढाको विमानस्थल धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपियाँ भाडा लाग्ने भएको छ ।

काठमाडौंबाट पर्वतीय उडानको भाडा १४ हजार ८ सय ९० रुपियाँ पुगेको छ । सबैभन्दा कम दूरी काठमाडौंबाट सिमराका लागि अधिकतम ४ हजार २ सय ४० रुपियाँ भाडा लाग्ने भएको छ ।

नेपाल आयल निगमले पछिल्लो पटक हवाई इन्धनको मूल्यमा प्रतिलिटर ५ रुपियाँ बढाएको छ । अहिले हवाई इन्धनको मूल्य १८५ रुपियाँ प्रतिलिटरबाट १९० रुपियाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्